+
+
Shares

विप्लवलाई माधव सापकोटाले भने–तत्काल पार्टी एकता गरौं

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १२:१४

१२ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटाले विलम्ब नगरी तत्काल पार्टी एकतामा आउन नेत्रविक्रम चन्द्र विप्लवलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालबाट उनले यस्तो आग्रह गरेका छ्न । ‘कमरेड विप्लव, लालसलाम ! ब्यालेटको मोर्चा स्वीकार गर्दै दल दर्ता गर्नुभयो’ उनले लेखेका छन्, ‘बुलेट कि ब्यालेट भनेर तपाईं हामीले लामो र गम्भीर बहससमेत गर्‍यौं । अन्तत: विचार मिलेन, पार्टी विभाजित भयो ।’

तत्कालीन स्थितिमा रूप पक्षमा तपाईंभन्दा सिनियर कमरेडहरू अरुनै देखिए पनि सारमा तत्कालीन विभाजनमा विप्लव करिब निर्णायकजस्तै भूमिकामा रहेको सापकोटाले बताएका छन् ।

‘तत्कालीन विभाजनमा तपाईंसँगै रहनुभएका कमरेडहरूको ठूलो हिस्सा विभिन्न चरणमा त्यही निर्णय गरेर हाल माओवादी पार्टीमा सक्रिय हुनुहुन्छ’ सापकोटाले भनेका छन् ।

अबको कदम सही हुनका लागि माओवादीसँग एकतामा आउनुपर्ने उनको आग्रह छ ।

अगाडि लेख्छन्, ‘कमरेड, तपाईंको यो कदममा अन्य भित्री चालबाजी छैन र तपाईंले नै भने जस्तै समग्र सङ्घर्षको मोर्चाको रूपमा इमानदारीपूर्वक आत्मसात् गरेको हो भने त्यो मोर्चा त्यतिबेला मात्र सफल र सम्भव छ, जतिबेला नेपालमा बलियो कम्युनिस्ट केन्द्र निर्माण हुन्छ। त्यसैले विलम्ब नगरी तत्काल पार्टी एकता गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?