News Summary
Generated by OK AI. Editorially reviewed.- व्यवसायिक हिट फिल्म ‘बाहुबली’का दुई भागलाई समेटेर निर्माण भएको फिल्म ‘बाहुबली : द एपिक’ शुक्रबारदेखि नेपालमा प्रदर्शनमा आउने भएको छ।
- निर्देशक एसएस राजामौलीले दुई फिल्मलाई संयुक्त सिनेम्याटिक अनुभूति दिन विशेष सम्पादनसहित यो फिल्म बनाइएको बताए।
- फिल्ममा प्रभास, राणा दग्गुबत्ती, अनुष्का शेट्टी लगायतको अभिनय छ र २२५ मिनेट रनटाइमको एक्सन–ड्रामा जनरामा राखिएको छ।
काठमाडौं । व्यवसायिक हिट फिल्म ‘बाहुबली’का दुई भागलाई समेटेर निर्माण भएको फिल्म ‘बाहुबली : द एपिक’ शुक्रबारदेखि नेपालमा पनि प्रदर्शनमा आउने भएको छ ।
सन् २०१५ मा रिलिज भएको ‘बाहुबली : द बिगिनिङ’ र सन् २०१७ मा प्रदर्शनमा आएको ‘बाहुबली : द कन्क्लुजन’लाई गाभेर तेस्रो श्रृंखला निर्माण भएको हो ।
निर्देशक एसएस राजामौलीले दुई फिल्मलाई संयुक्त सिनेम्याटिक अनुभूति दिन विशेष सम्पादनसहित यो फिल्म बनाइएको बताए । फिल्ममा प्रभास, राणा दग्गुबत्ती, अनुष्का शेट्टी लगायतको अभिनय छ ।
२२५ मिनेट रनटाइमको फिल्मलाई एक्सन– ड्रामा जनरामा राखिएको छ । तपाईंलाई बाहुबलीका अघिल्ला दुबै भागमा रुचि छ भने यो फिल्म पनि दर्शनीय हुनसक्छ ।
प्रतिक्रिया 4