+
+
Shares

राष्ट्रिय सभा सदस्यबाट बिदा हुन लागेका १९ जना कुन दलका कति ?

२०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिँदैछ । रिक्त हुन लागेकामध्ये एक जना बामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १८:२७

१२ कात्तिक, काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुने भएको छ ।

बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय गरेको हो ।

निर्वाचन राष्ट्रिय सभाका एक तिहाइ सदस्यका लागि हुनेछ । ५९ सदस्यीय राष्ट्रिय सभामा दुई/दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ ।

२०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिँदैछ । रिक्त हुन लागेकामध्ये एक जना बामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ ।

बिदा हुन लागेका सांसदहरूमा नेकपा एमालेका धेरै सांसदहरू छन् ।

एमालेका ८, नेकपा माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद रहेका छन् ।

कार्यकाल सकिएर बिदा हुन लागेका एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन् ।

बिदा हुन लागेका माओवादी सांसदहरूमा गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् ।

एकीकृत समाजवदीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंह पनि  कार्यकाल सकिएर बिदा हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?