+
+
Shares

जेनजी आन्दोलनमा हिरासतबाट फरार व्यक्ति ठमेलबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १२:२१

१३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतबाट फरार भएका एक व्यक्ति ठमेलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुढानीलकण्ठ घर भएका २३ वर्षीय उसान लामा छन् । २४ भदौको जेनजी आन्दोलनको क्रममा उनी हिरासतबाट फरार भएका थिए ।

उनलाई बुधबार दिउँसो ठमेलबाट प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो । उनलाई सोह्रखुट्टे वृत्तमै राखेर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?