+
+
Shares

जेनजी आन्दोलनमा १ लाख २० हजार मिटर बराबरको प्रहरी पोशाक गायब

आन्दोलनको करिब डेढ महिनापछि डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा पोशाकतर्फ ठूलो क्षति भएको उल्लेख छ । जसमा १ लाख २० हजार ६६१ मिटर बराबरको प्रहरी पोशाक लुटपाट तथा जलेर नष्ट भएको उल्लेख छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १४:०३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले जेनजी आन्दोलनको क्रममा १ लाख २० हजार ६६१ मिटर प्रहरी पोशाक हराएको प्रतिवेदन बुझाएको छ।
  • हराएको पोशाकमा ट्राफिक पोशाक, बर्दी र गर्भवती महिलाले लगाउने पोशाकहरु रहेका छन्।
  • प्रतिवेदनमा गायब पोशाकको मूल्य र लुटिएको वा जलेको पोशाकको संख्या खुलाइएको छैन।

१३ कात्तिक, काठमाडौं। जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीको ठूलो मात्रामा पोशाक हराएका छन् ।

आन्दोलनको करिब डेढ महिनापछि डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमा पोशाकतर्फ ठूलो क्षति भएको उल्लेख छ । जसमा १ लाख २० हजार ६६१ मिटर बराबरको प्रहरी पोशाक लुटपाट तथा जलेर नष्ट भएको उल्लेख छ ।

जसमा ट्राफिक पोशाक, बर्दी, गर्भवती महिलाले लगाउने पोशाकहरु रहेको उल्लेख छ । जसमध्ये कति पोशाक लुटिए, कति जले भन्ने खुल्न नसकेको बताइएको छ ।

गायव भएका पोशाकको मूल्यका बारेमा भने प्रतिवेदनमा केही उल्लेख गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?