१३ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित सडक खण्डमा कन्टेनर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बागमती प्रदेश ०२-०५६ प ९८०४ नम्बरको मोटरसाइकल र एनएल ०१-२३७४ नम्बरको कन्टेनर ट्रक बिहीबार दिउँसो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार धादिङ गजुरी गाउँपालिका-८ बस्ने ३८ वर्षीय रामचन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया 4