+
+
Shares

सुर्खेतमा ५० वर्षीया महिलाको हत्या, छोरा प्रहरी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १२:४२

१४ कात्तिक, काठमाडौं । सुर्खेतमा एक महिलाको हत्या भएको छ । हत्या अभियोगमा उनकै छोरा पक्राउ परेका छन् ।

भेरीगंगा नगरपालिका–१२ मसिनाटोल बस्ने ५० वर्षीया धनिकला बस्नेतको हत्या अभियोगमा उनका ३० वर्षीया छोरा कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कबिरामले फरूवा प्रहार गर्दा धनिकला गम्भीर घाइते भएको र कर्णाली प्रदेश अस्पताल कालगाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनका छोरा कबिरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरेको हो ।

हत्याको कारण खुलेको छैन । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?