News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल एथ्लेटिक्स संघले भारतको राँचीमा भएको चौथो दक्षिण एसियाली सिनियर एथ्लेटिक्स च्याम्पियनसिप २०२५ मा पदक जितेका ७ खेलाडीलाई नगदसहित सम्मान गरेको छ।
- प्रतियोगितामा नेपालले २ रजत र ४ कांस्यसहित ६ पदक जितेर तेस्रो स्थान हासिल गरेको थियो।
- रजन रोकाय र सोमबहादुर कुमालले रजत पदक पाए, सन्तोषी श्रेष्ठले राष्ट्रिय कीर्तिमान सहित दुई कांस्य पदक जितिन् र मिक्स रिले टोलीले कांस्य पदक जितेको छ।
१४ कात्तिक, काठमाडौं । नेपाल एथ्लेटिक्स संघले भारतको राँचीमा भएको चौथो दक्षिण एसियाली सिनियर सिनियर एथ्लेटिक्स च्याम्पियनसिप २०२५ मा पदक जित्न सफल नेपाली खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ ।
संघले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै विभिन्न विधामा पदक जितेका कूल ७ खेलाडीलाई सम्मान गरेको हो ।
यही कात्तिक ६ देखि ८ सम्म भारतको झारखण्डमा सन्चालन भएको चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा २ रजत र ४ कांस्यसहित कूल ६ पदक जितेर नेपाल तेस्रो भएको थियो ।
दक्षिण एसियाका ६ राष्ट्र सहभागी रहेको प्रतियोगितामा नेपालका तर्फबाट राजन रोकायले १०००० मिटर र सोमबहादुर कुमालले ८०० मिटर दौडमा रजत पदक जितेका थिए । रजत पदक जित्ने दुवैले समान २५ हजार प्राप्त गरे ।

यस्तै सन्तोषी श्रेष्ठले महिला ५००० र १०००० मिटर दौडमा कीर्तिमान सहित कांस्य जितेकी थिइन् । उनले दुई कांस्य वापत ३० हजार प्राप्त गरिन् । सन्तोषीले दुवै इभेन्टमा कान्छिमाया कोजुको नाममा रहेको राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
यस्तै मुकेश बहादुर पालले पुरुष ५००० मिटरमा कास्य जितेका थिए । उनले नगद १५ हजार प्राप्त गरे ।
यस्तै मिक्स रिलेमा सोम बहादुर कुमाल, राम प्रसाद थारु, जयरानी थारु र रमिता थारुको समुहले कांस्य जितेका थिए । मिक्स रिले जित्ने टिमका हरेक खेलाडीले १०-१० हजार प्राप्त गरे ।
व्यक्तिगत रजत र मिक्स रिलेमा कांस्य जितेका सोमबहादुरले कूल ३५ हजार प्राप्त गरे । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीका लागि सम्मान रकम थोरै भएपनि खेलाडीलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको नेपाल एथ्लटिक्स संघले जनाएको छ ।
 
                    










 २०८२ कात्तिक  १४ गते १७:३५
                        २०८२ कात्तिक  १४ गते १७:३५                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4