+
+
Shares

यो साता ३.८ प्रतिशत बढ्यो सेयर बजार, यी हुन् मूल्य धेरै बढेका कम्पनी

हाइड्रोपावर समूह सबैभन्दा धेरै ६.३४ प्रतिशत बढ्यो । त्यस्तै जीवन बीमा र होटल तथा पर्यटन समूह ५ प्रतिशतभन्दा धेरै बढे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यो साता सेयर बजार नेप्से परिसूचक ३.८७ प्रतिशत अर्थात् ९७ अंक बढेर २५०३ बाट २६०० अंकमा पुगेको छ।
  • हाइड्रोपावर समूह सबैभन्दा धेरै ६.३४ प्रतिशत बढेको छ, जसको कारण बैंकहरुको घट्दो ब्याजदरले वित्तीय लागत कम हुनु हो।
  • एसवाई प्यानलको आईपीओ बुधबारदेखि खुल्नेछ र आवेदन २३ गतेसम्म दिन सकिनेछ, हाल कुनै हकप्रद सेयर खुला छैन।

१४ कात्तिक, काठमाडौं । यो साता सेयर बजार ३.८७ प्रतिशत अर्थात् ९७ अंक बढेको छ ।

तिहारअघि अर्थात् अघिल्लो साता २५०३ अंकमा बन्द भएको बजार यो साता २६०० अंकमा पुगेको छ । यो साता छठका कारण सोमबार सार्वजनिक विदा परेसँगै ४ दिन कारोबार भयो ।

पहिलो दिन आइतबार ५.१९ अंक बढेको बजार मंगलबार ६२.२९ अंक बढ्यो । बुधबार ५.१८ अंक घटे पनि बिहीबार फेरि ३४.२२ अंक बढ्यो । बजारको परिसूचक नेप्सेमा सुधार देखिँदा कारोबार रकम पनि बढ्दै गएको छ ।

आइतबार जम्मा २ अर्ब ७९ करोडको कारोबार भएकोमा मंगलबार ४ अर्ब ५७ करोड, बुधबार ५ अर्ब ४५ करोड र बिहीबार ७ अर्ब ५१ करोडको कारोबार भयो । यो साता बजारमा सबै समूहका सूचक बढेका छन् । हाइड्रोपावर, जीवन बीमा र होटल तथा पर्यटन समूह ५ प्रतिशतभन्दा धेरै बढे ।

किन बढ्यो हाइड्रोपावरमा लगानीकर्ताको विश्वास ?

हाइड्रोपावर समूह सबैभन्दा धेरै ६.३४ प्रतिशत बढ्यो । हाइड्रोपावर समूहमा यो साता लगानीकर्ताको विश्वास बढेको छ । सो समूह सबैभन्दा धेरै बढ्यो । यस समूहमा ९४ कम्पनी सूचीकृत छन् ।

बैंकहरुको घट्दो ब्याजदरका कारण यस सेक्टरका कम्पनीको वित्तीय लागत अत्याधिक घटेको छ, जसले कम्पनीको नाफामा सिधा प्रभाव पर्दै आएको छ । कम्पनीहरुले पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने बेला भएको छ ।

कात्तिक मसान्तभित्र वित्तीय विवरण सार्वजनिक हुन्छ । बर्खाको समयका कारण यो त्रैमासमा यी सेक्टरका कम्पनीको विद्युत् बिक्री आम्दानी पनि उच्च हुने र अर्कोतर्फ ब्याज लागत पनि घट्ने भएकाले नाफामा उल्लेख्य प्रगति देखिने सम्भावना छ ।

जसले गर्दा लगानीकर्तामाझ यो समूहप्रति आकर्षण बढेको हो । हाइड्रोपावर कम्पनीको आम्दानीमा अर्को सहजता भनेको आम्दानी भइसकेको रकम नउठ्ने जोखिम हुँदैन।

आईपीओ तथा हकप्रद सेयर खुलेका छन् ?

यतिबेला कुनै पनि कम्पनीको आईपीओ खुलेको छ । आम सर्वसाधारणका लागि बुधबारदेखि एसवाई प्यानलको आईपीओ खुल्नेछ । यो कम्पनीको आईपीओमा २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय कित्ताको ४० प्रतिशत सेयर अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

जसमध्ये प्रभावित क्षेत्र, वैदेशिक रोजगारमा रहेका नेपाली तथा सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ४० लाख ७६ हजार १५६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो ।

यतिबेला कुनै पनि कम्पनीको हकप्रद सेयर तथा थप सार्वजनिक निष्कासन (एफपीओ) खुला छैन ।

विश्वका ठूला बजार उकालोतिरै

विश्वका ठूला स्टक मार्केट उकालो लागेका छन् । अमेरिका र चीनबीच व्यापारिक सहकार्य भएसँगै विश्वका ठूला बजार उकालो लागेका हुन् । जपानको बजार सबैभन्दा तीव्र गतिमा बढेको छ । जापानको निक्की २२५ इन्डेक्स यो साता ५.०२ प्रतिशत बढेको छ भने विगत एक महिनामा १६.६४ प्रतिशत बढेको छ ।

अमेरिकाको नास्दाक कम्पोजिट इन्डेक्स यो साता १.८९ प्रतिशत बढ्यो भने विगत एक महिनामा ४.०७ प्रतिशत बढेको छ । त्यस्तै ठूला कम्पनीको सूचक एस एण्ड पी ५०० यो साता ०.७४ प्रतिशत बढ्यो भने एक महिनामा २ प्रतिशत बढेको छ ।

त्यस्तै चीनको सांघाई कम्पोजिट इन्डेक्स विगत एक महिनामा १.८५ प्रतिशत बढेको छ । यद्यपि यो साता यो सूचक ०.३६ प्रतिशत घटेको छ ।

बेलायतको एफटीएसई २५० इन्डेक्स एक महिनामा १.०६ प्रतिशत बढेको छ । यद्यपि यो साता १.२४ प्रतिशत घटेको छ । भारतको बीएसई सेन्सेक्स यो साता ०.८७ प्रतिशत घट्यो भने विगत एक महिनामा ४.५७ प्रतिशत बढेकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?