+
+
Shares

युनेस्कोले ललितपुर महानगरलाई ‘संगीतको रचनात्मक सहर’ को रुपमा घोषणा गर्‍यो

नेपालमा अब दुई ‘युनेस्को रचनात्मक सहर’ भएका छन् । फिल्मको लागि काठमाडौं महानगरपालिका र अब संगीतको लागि ललितपुर महानगरपालिका ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १५ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृति संगठनले ललितपुर महानगरलाई 'युनेस्को संगीतको रचनात्मक सहर' घोषणा गरेको छ।
  • नेपालमा काठमाडौं महानगर फिल्मको रचनात्मक सहर र ललितपुर संगीतको रचनात्मक सहर भएका छन्।
  • युनेस्कोले सन् २०३० को दिगो विकासलाई समर्थन गर्दै आठ रचनात्मक क्षेत्रहरूलाई समेटेको छ।

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृति संगठनले ललितपुर महानगरलाई ‘युनेस्को संगीतको रचनात्मक सहर’ को रुपमा शनिबार घोषणा गरेको छ ।

विश्व सहर दिवस २०२५ को अवसरमा राष्ट्रसंघीय नियोगले उक्त घोषणा गरेको हो ।

‘यो प्रतिष्ठित सम्मानले हाम्रो सहरको जीवन्त सांगीतिक सम्पदा र दिगो सहरी विकासको आधारको रुपमा सिर्जनशिलतालाई अगाढि बढाउने अटुट प्रतिबद्धतालाई मान्यता दिएको छ’ युनेस्कोले भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो ललितपुरका प्रत्येक बासिन्दा र संगीतकारका लागि एक ऐतिहासिक उपलब्धि हो र सम्पूर्ण नेपालका लागि ठूलो गर्वको क्षण हो !’

नेपालमा अब दुई ‘युनेस्को रचनात्मक सहर’ भएका छन् । फिल्मको लागि काठमाडौं महानगरपालिका र अब संगीतको लागि ललितपुर महानगरपालिका ।

सन् २००४ मा सुरु भएको युसीसीएनले दिगो सहरी विकास (आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय पक्षहरूमा) को लागि सृजनशीलतालाई मुख्य रणनीतिको रूपमा प्रयोग गर्ने शहरहरूलाई जोड्ने जनाइएको छ ।

‘यस सञ्जालमा रहेका सहरहरू उत्कृष्ट अभ्यास आदानप्रदान गर्न, सांस्कृतिक उद्योगलाई प्रवद्र्धन गर्न र संयुक्त राष्ट्र संघको सन् २०३० को दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध छन् । यस सञ्जालले संगीतसहित आठ रचनात्मक क्षेत्रहरूलाई समेटेको छ’ युनेस्कोले भनेको छ ।

ललितपुरसँगै युक्रेनको राजधानी किभ, बेल्जियमको सहर लिज, अमेरिकाको न्यू अर्लिन्स, मोन्टेनेग्रोको निकसिक, चीनको उक्सी लगायतको सहर युनेस्को संगीतको रचनात्मक सहरको रुपमा घोषित भएका छन् ।

युनेस्कोले केही वर्षअघि काठमाडौं महानगरलाई फिल्मको रचनात्मक सहरको रुपमा घोषणा गरिसकेको छ । यो घोषणा लगत्तै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिभलमा गएका थिए ।

उपप्रमुख सुनिता डंगोलले फिल्मको रचनात्मक सिटीको रुपमा सरोकारवालालाई छलफलमा पनि बोलाएकी थिइन् । कार्यविधि पनि बनाउने भनिएको थियो । त्यसपछि महानगरले विकासक्रमबारे अपडेट गराएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?