१४ कात्तिक, काठमाडौं । नेकपा एमाले, कास्कीले मोटरसाइकल र्याली गरेको छ । जेन—जी आन्दोलन पछि दाङ लगायताका देशका विभिन्न स्थानमा मोटरसाइकल र्याली गरेको हो ।
पार्टीले यो र्यालीलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तारको प्रारम्भिक अभियानका रूपमा लिएको छ ।
कार्यकर्ताहरूले पार्टीका झण्डा र ब्यानर बोकेर र्याली गरेका हुन् ।
एमालेका जिल्ला नेताहरू, युवा संघ नेपाल, अनेरास्ववियु र महिला संघका कार्यकर्ताहरूले र्यालीमा सहभागिता जनाएका थिए ।
पार्टीका पोलिटब्यूरो सदस्य महेश बस्नेत पनि यही र्याली लगायतका कार्यक्रममा सहभागी हुन पोखरा पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4