+

लुम्बिनी स्पोर्ट्स अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुपको सह–प्रायोजन

२०८२ कात्तिक  १५ गते २०:२७ २०८२ कात्तिक १५ गते २०:२७
लुम्बिनी स्पोर्ट्स अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुपको सह–प्रायोजन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी स्पोर्टस अवार्ड–२०८२ आगामी मंसिर १८ गते नेपालगन्जमा आयोजना हुँदैछ।
  • रोयल समृद्धि बिजनेस ग्रुप प्रालिले उत्कृष्ट पुरुष खेलाडी अवार्डलाई तीन वर्षसम्म प्रायोजन गर्ने सम्झौता गरेको छ।
  • अवार्डमा उत्कृष्ट पुरुष, महिला खेलाडी, लाईफ टाइभ अचिभमेन्ट र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।

१५ कात्तिक, नेपालगन्ज । प्रथम लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुप प्रालिले सह–प्रायोजन गरेको छ । नेपालगन्ज–०१ धम्बोझीमा रहेको रोयल समृद्धि बिजनेस ग्रुप प्राली खेलकुदका सामाग्री बिक्री गर्ने कम्पनी हो ।

आयोजक रंगशाला नेपाल मिडिया प्रालिका प्रमुख कार्यकारी कमल खत्री र रोयल समृद्धि बिजनेस ग्रुप प्रालिका प्रमुख कार्यकारी टिकाराम खत्रीले अवार्डमा सह–प्रायोजन बारे हस्ताक्षर गरे ।

लुम्बिनी स्पोर्टस अवार्ड–२०८२ नेपालगन्जमा आगामी मंसिर १८ गते हुँदैछ । सम्झौतापत्रमा हस्ताक्षर गर्दै रोयल समृद्धि बिजनेस ग्रुप प्रालिका प्रमुख कार्यकारी खत्रीले खेलकुद क्षेत्रमा मिहिनत गरिरहेका खेलाडीलाई हौसला बढाउने कार्यक्रम लुम्बिनी स्पोर्टस अवार्डमा सह–प्रायोजन गर्न पाउँदा खुसी लागेको बताए ।

उनले भने, ‘यो कार्यक्रम निकै राम्रो छ । खेलकुदमा यस्ता कार्यक्रम कमै हुने गरेका छन् । हामी निरन्तर रुपमा यो अवार्ड कार्यक्रममा सहकार्य गर्न तयार छौं।’

सम्झौता अनुसार रोयल समृद्धि बिजनेस ग्रुप प्रालिले अवार्डअन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडी अवार्डलाई प्रायोजन गर्नेछ । सम्झौता अनुसार लुम्बिनी स्पोर्टस अवार्ड–२०८२ अन्तर्गत उत्कृष्ट पुरुष खेलाडीलाई प्रदान गर्ने अवार्डको नाम रोयल समृद्धि उत्कृष्ट पुरुष खेलाडी अवार्ड–२०८२ नामाकरण गरिनेछ । उक्त विधालाई रोयल समृद्धि बिजनेस ग्रुप प्रालिले लगातार तिन वर्ष सम्म प्रायोजन गर्ने भएको छ ।

लुम्बिनी प्रदेशलाई आधार मानेर खेल क्षेत्रमा लागेका खेलाडी र खेलकर्मीको उपलब्धी र सफलतालाई सम्मानगर्ने उद्देश्यले लुम्बिनी स्पोर्टस अवार्ड आयोजना गर्न लागिएको आयोजक रंगशाला नेपाल मिडिया प्रालिले जनाएको छ ।

रंगशाला नेपाल मिडिया प्रालिका प्रमुख कार्यकारी खत्रीले रोयल समृद्धि बिजनेस ग्रुपसँगको सहकार्यले अवार्डलाई सम्पन्न गर्न हौसला मिलेको बताए । उनले भने,‘लुम्बिनी प्रदेशमा पहिलो पटक आयोजना गर्न लागिएको यो कार्यक्रमलाई सफल बनाउन रोयल समृद्धि बिजनेस ग्रुपको प्रायोजन महत्वपुर्ण हुनेछ ।’

लुम्बिनी स्पोर्टस अवार्डको पहिलो संस्करणमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने अवार्ड कार्यक्रम संयोजक चाहना शाहले बताइन् ।

अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, लाईफ टाइभ अचिभमेन्ट अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डलाई अन्तराष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सह–प्रायोजन गरेको छ ।

लुम्बिनी स्पोर्टस अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय