+

टी-२० अन्तर्राष्ट्रियबाट विलियमसनको सन्यास

२०८२ कात्तिक  १६ गते ७:०४ २०८२ कात्तिक १६ गते ७:०४
टी-२० अन्तर्राष्ट्रियबाट विलियमसनको सन्यास

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्युजिल्यान्डका स्टार क्रिकेटर केन विलियमसनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।
  • विलियमसनले ९३ खेलमा २५७५ रन बनाएर दोस्रो सर्वाधिक रनकर्ता हुन् र दुई पटक टी–२० विश्वकप सेमिफाइनल पुर्‍याएका छन्।
  • उनले भने, 'यो सही समय हो मेरो र टोली दुवैका लागि' र अब नयाँ प्रतिभाहरूलाई मौका दिन चाहन्छन्।

१६ कात्तिक, काठमाडौं । न्युजिल्यान्डका स्टार क्रिकेटर केन विलियमसनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

३५ वर्षीय विलियमसनले ९३ खेल खेल्द न्युजिल्यान्डका लागि दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ३३ को औसतमा २५७५ रन बनाएका छन् जसमा १८ अर्धशतक छ भने उच्च स्कोर ९३ को छ ।

कप्तानका रूपमा उनले ७५ खेलमा टोलीलाई नेतृत्व गरे र टोलीलाई दुई पटक टी–२० विश्वकप सेमिफाइनल (२०१६, २०२२) र एक पटक फाइनल (२०२१) सम्म पुर्‍याए।

‘यो सही समय हो मेरो र टोली दुवैका लागि’ विलियमसनले भने, ‘अब नयाँ प्रतिभाहरूका लागि मौका छ। सान्टनर उत्कृष्ट कप्तान हुन् र म टाढाबाट समर्थन गर्नेछु।’

विलियमसन अब नोर्दर्न डिस्ट्रिक्ट्सका लागि प्लन्केट सिल्डमा खेल्नेछन् र त्यसपछि डिसेम्बर २ देखि क्राइस्टचर्चमा सुरु हुने पश्चिम इन्डिजविरुद्धको टेस्ट सिरिजमा ध्यान दिनेछन्।

उनी ओडिआई र टेस्ट करियरबारे खुला मनस्थितिमा रहेको बताउँछन्। ‘ब्ल्याकक्याप्स मेरो लागि विशेष टोली हो। म अझै पनि बोर्डसँग छलफल गर्दै अघि बढ्नेछु’ उनले भने।

अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिए पनि विलियमसन टी–२० फ्रेन्चाइज प्रतियोगिताहरूमा भने खेलिरहनेछन्।

केन विलियम्सन सन्यास
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय