News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा लिभरपुलले एस्टन भिल्लामाथि २-० को जित हासिल गरेको छ।
- मोहमद सालाहले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए भने रायन गाभेनबर्कले ५८औं मिनेटमा गोल गरे।
- जितपछि लिभरपुलको १० खेलमा १८ अंक भएको छ र तेस्रो स्थानमा छ भने भिल्ला १५ अंकसहित ११औं स्थानमा छ।
१६ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लगातार चार हारपछि लिभरपुलले अन्तत: जित हासिल गरेको छ ।
गएराति भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि २-० को जित निकालेको हो । लिभरपुलका लागि मोहमद सालाह र रायन गाभेनबर्कले १-१ गोल गरे ।
खेलको पहिलो हाफको इन्जुरी समयमा सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ५८औं मिनेटमा गाभेनबर्कले अग्रता दोब्बर पारे ।
जितपछि लिभरपुलको १० खेलमा १८ अंक भएको छ र तेस्रो स्थानमा छ । पराजित भिल्ला १५ अंकसहित ११औं स्थानमा छ ।
प्रतिक्रिया 4