+

पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ३५ खेलाडी बोलाइए

२०८२ कात्तिक  १६ गते १७:५१ २०८२ कात्तिक १६ गते १७:५१
पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ३५ खेलाडी बोलाइए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली पुरुष राष्ट्रिय फुटबल टिमका अन्तरिम मुख्य प्रशिक्षक हरि खड्काले बन्द प्रशिक्षणका लागि ३५ खेलाडीलाई बोलाएका छन्।
  • बंगलादेशसँग १३ नोभेम्बरमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र १८ नोभेम्बरमा मलेसियासँग हुने एएफसी एसियन कप छनोटको तयारीका लागि टोली घोषणा भएको हो।
  • म्याट रोसको राजीनामापछि हरि खड्का प्रशिक्षक नियुक्त भएका छन् भने सहायक प्रशिक्षकमा बालगोपाल साहुखल र चेतन घिमिरे नियुक्त भएका छन्।

१६ कात्तिक, काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टिमका अन्तरिम मुख्य प्रशिक्षक हरि खड्काले बन्द प्रशिक्षणका लागि ३५ खेलाडीलाई बोलाएका छन्।

बंगलादेशसँग १३ नोभेम्बरमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र १८ नोभेम्बरमा मलेसियासँग हुने एएफसी एसियन कप छनोटको तयारीका लागि प्रारम्भिक टोली घोषणा भएको हो ।

यसअघि म्याट रोसको राजीनामापछि हरि खड्का प्रशिक्षक नियुक्त भएका थिए भने सहायक प्रशिक्षकमा बालगोपाल साहुखल र चेतन घिमिरे नियुक्त भएका छन् ।

प्रारम्भिक टोली : किरण कुमार लिम्बु, दीप कार्की, बिशाल सुनार, टिकेन्द्र थापा, अनन्त तमाङ, रोहित चन्द, सुमन श्रेष्ठ, सनिश श्रेष्ठ, बिमल पाण्डे, अभिषेक लिम्बु, सुमित श्रेष्ठ, योगेश गुरुङ, दिवाकर चौधरी, सृजन राज गौतम, सञ्जीव लामा, शङ्खर थारू, दिपेश धिमाल, एरिक बिष्ट, मणि कुमार लामा, कृतिश रत्न छुन्जु, कुशल देउवा, लकेन लिम्बु, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, अन्जन बिष्ट, आयुष घलान, दिनेश हेन्जन, सुबास बम, समिर तमाङ, आदित्य शाक्य, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ

नेपाली फुटबल टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय