+
+
Shares

ठूला १० ब्रोकरको कारोबार हिस्सा ४७ प्रतिशत, यस्तो छ किनबेच

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार सेयर बजारमा कुल ९ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ।
  • ठूला १० ब्रोकरमार्फत ४ अर्ब २८ करोडको खरिद र ४ अर्ब ४० करोडको बिक्री भएको छ।
  • डायनामिक र त्रिशक्तिबाट हिमालयन बैंक संस्थापक सेयरको उच्च कारोबार भएको छ।

१६ कात्तिक, काठमाडौं । आइतबार सेयर बजारमा कुल ९ अर्ब २० करोड रुपैयाँको कारोबार भयो ।

यो कारोबार रकममा ठूला १० ब्रोकरको हिस्सा ४७ प्रतिशत रह्यो । ठूला १० ब्रोकरमार्फत मात्रै यस दिन ४ अर्ब २८ करोडको धितोपत्र खरिद हुँदा ४ अर्ब ४० करोडको बिक्री भयो । यो रकम ती ब्रोकरको कारोबार प्रणाली प्रयोग गरेर लगानीकर्ताले गरेको किनबेच हो । ठूला १० ब्रोकरमार्फत यस दिन खरिदभन्दा बिक्री धेरै भएको छ ।

५ मार्फत बिक्री धेरै हुँदा ५ मार्फत खरिद धेरै भएको छ । डायनामिक, नासा, भिजन, अनलाइन र क्यापिटलमार्फत खरिद बढी भएको छ । त्यस्तै त्रिशक्ति, भृकुटी, सनी, श्रीहरि र इम्पेरियलमार्फत बिक्री बढी भएको छ ।

डायनामिकमार्फत हिमालयन बैंक संस्थापक सेयरको उच्च बिक्री हुँदा सोही सेयर त्रिशक्तिमार्फत खरिद भएको छ । यसले गर्दा यी दुई कम्पनी कारोबारमा आधारमा सबैभन्दा माथि रहे ।

ठूला १० ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, बुटवल पावर, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा लगायत कम्पनी अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?