+

५४औं न्युयोर्क सिटी म्याराथनमा ५५ हजार धावक, केन्यालीले जिते उपाधि

२०८२ कात्तिक  १७ गते १२:०० २०८२ कात्तिक १७ गते १२:००

आयोजकका अनुसार ५४औं न्युयोर्क सिटी म्याराथनमा सहभागी हुन विश्वभरबाट दुई लाखभन्दा धेरै धावकले आवेदन दिएका थिए।

५४औं न्युयोर्क सिटी म्याराथनमा ५५ हजार धावक, केन्यालीले जिते उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्युयोर्क सहरमा ५४औं न्युयोर्क सिटी म्याराथन १७ कात्तिकमा सम्पन्न भएको छ।
  • ५४औं संस्करणको म्याराथनमा विश्वका ५५ हजार धावक सहभागी थिए भने दुई लाखभन्दा धेरैले आवेदन दिएका थिए।
  • महिलातर्फ केन्याकी हेलेन ओबिरी र पुरुषतर्फ बेन्सन किपरुटोले उपाधि जितेका छन्।

१७ कात्तिक, काठमाडौं। अमेरिकाको न्युयोर्क सहरमा ५४औं संस्करणको न्युयोर्क सिटी म्याराथन सम्पन्न भएको छ।

विश्वकै ठूलोमध्ये एक मानिने न्युयोर्क सिटी म्याराथनमा विश्वका विभिन्न देशका ५५ हजार धावक सहभागी थिए।

आयोजकका अनुसार ५४औं न्युयोर्क सिटी म्याराथनमा सहभागी हुन विश्वभरबाट दुई लाखभन्दा धेरैले आवेदन दिएका थिए।

५४औं संस्करणको उपाधि महिलातर्फ केन्याकी धाविका हेलेन ओबिरी र पुरुषतर्फ पनि केन्याकै बेन्सन किपरुटोले जिते।

न्युयोर्क सहरमा वर्षेनि आयोजना हुने यो म्याराथन ४२ किलोमिटर लामो हुन्छ। म्याराथन रेस न्युयोर्कको स्टेटन आइल्यान्डबाट सुरु भई सेन्ट्रल पार्क म्याराथनमा पुगेर टुंगिन्ट। यो रेसले न्युयोर्क सिटीका पाँचवटै बोरोहरू स्टेटन आइल्यान्ड, ब्रुकलिन, क्विन्स, ब्रोङ्स रम्यानह्याटन पार गर्छ।

यो म्याराथ पहिलोपटक सन् १९७० को सेप्टेम्बर १३ मा आयोजना गरिएको थियो। सेन्ट्रले पार्क भित्र मात्र रेस आयोजना गरिएको सो म्याराथनमा १२७ जनाले भाग लिएका थिए भने ५५ जनाले मात्र निर्धारित दूरी पार गरेका थिए।

समयसँगै यो धेरै ठूलो र प्रतिष्ठित म्याराथ बनेको छ, जहाँ पछिल्ला वर्षहरूमा धेरै अन्तर्राष्ट्रिय धावकहरू सहभागी हुने गरेका छन्।

न्युयोर्क सिटी म्याराथन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय