+
+
Shares

राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १२:५३
राप्रपा अध्यक्ष कमल थापा। फाइल तस्वीर।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक १७ कात्तिक, काठमाडौंमा नवदुर्गा पार्टी प्यालेस सुकेधारामा बस्नेछ।
  • बैठकमा अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र भावी कार्यदिशाबारे धारणा राख्नेछन्।
  • बैठकमा राजनीतिक ध्रुवीकरण, राष्ट्रवादी, राजावादी, हिन्दुवादी, भ्रष्टाचार र संघीयताविरोधी पक्षबीच एकता र मोर्चाबन्दीको सम्बन्धमा छलफल हुनेछ।

१७ कात्तिक, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सोमबार बस्दैछ।

नवदुर्गा पार्टी प्यालेस सुकेधारामा केहीबेरपछि बैठक सुरु हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र भावी कार्यदिशाबारे अध्यक्ष कमल थापाले धारणा राख्नेछन्।

पछिल्लो समय मुलुकमा भइरहेको राजनीतिक ध्रुवीकरणबारे पनि बैठकमा विश्लेषण हुने तथा राष्ट्रवादी, राजावादी, हिन्दुवादी, भ्रष्टाचार तथा संघीयताविरोधी पक्षबीच एकता र मोर्चाबन्दीको सम्बन्धमा आवश्यक छलफल हुने महामन्त्री बर्तौलाले जानकारी दिए।

निर्वाचन प्रयोजनका निम्ति निर्वाचन आयोगमा दल दर्ता र निर्वाचन तयारीलगायतका विषयमा पनि छलफल हुने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?