News Summary
Generated by OK AI. Editorially reviewed.- दूधमा प्रोटिन र क्याल्सियम हुने भएकाले यसलाई पूर्णआहार मानिन्छ र यी पोषक तत्वले शरीरका मांसपेशी र हड्डीलाई बलियो बनाउँछन्।
- वैकल्पिक दूधमा बदाम, केरा, तिल, नरिवल, ओट्स, सोया र तिलको दूध समावेश छन्, जसले क्याल्सियम र प्रोटिनको आवश्यकता पूरा गर्छ।
- यी वैकल्पिक दूधहरू ल्याक्टोज इन्टोलेरेन्स भएका र भेगन आहार पछ्याउनेहरूका लागि राम्रो विकल्प हुन्।
दूधमा प्रोटिन र क्याल्सियम जस्ता दुई मुख्य पोषक तत्वहरू हुने भएकाले यसलाई पूर्णआहार मानिन्छ । प्रोटिनले शरीरमा मांसपेशीहरूको मर्मत र रोग प्रतिरोधी प्रणालीलाई बलियो बनाउने काम गर्छ, भने क्याल्सियम हड्डीहरूका लागि आवश्यक हुन्छ । तर कहिलेकाहीँ जब हामीलाई शुद्ध दूध उपलब्ध हुँदैन, हामी वैकल्पिक दूधको खोजीमा लाग्छौँ ।
वैकल्पिक दूधमा बदाम, केरा र सेतो तिलबाट बनेको दूध हुन सक्छ । यिनको सेवनले क्याल्सियम र प्रोटिनको आवश्यकता लगभग पूरा हुन्छ । गाई वा भैंसीको दूध पचाउन गाह्रो हुने ल्याक्टोज इन्टोलेरेन्स भएका व्यक्तिहरूका लागि पनि यी दूध लाभदायक हुन्छन् । यी दूधहरू भेगन आहार पछ्याउनेहरूका लागि उत्कृष्ट विकल्प हुन् ।
१.आल्मन्ड दूध
सबैलाई थाहा छ, रातभर भिजाएको एक मुठी आल्मन्ड स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । तर यदि भिजाएको अल्यमन्डबाट दूध बनाएर पिउन चाहनुहुन्छ भने त्यो पनि गर्न सकिन्छ । आल्मन्डमा प्रोटिन र क्याल्सियमका साथै ओमेगा–३ र फाइबर पनि प्रशस्त हुन्छ ।
आल्मन्ड दूध बनाउन आवश्यक सामग्री
-एक मुठी भिजाएको आल्मन्ड
-५००–७५० मिलिलिटर तातोपानी
-२–३ खजूर वा १–२ चम्चा किसमिस वा १०–२० ग्राम गुड मिठासका लागि । यो नहाल्न पनि सकिन्छ ।
बनाउने तरिका
-आल्मन्डलाई रातभर पानीमा भिजाएर राख्ने ।
-बिहान पानीबाट निकालेर बोक्रा हटाउने ।
-तातो पानीसँगै ग्राइन्डरमा राखेर पिस्ने । पिस्दा खजूर वा किसमिस पनि हाल्न सकिन्छ
-पिसेपछि कपडाले छान्ने ।
-गर्मीमा पिउनका लागि चिसो पानीसँग पनि पिस्न सकिन्छ ।
-फ्रिजमा करिब एक घण्टा राखेर चिसो बनाएर पनि पिउन सकिन्छ ।
२. नरिवल दूध
यदि काँचो नरिवलको स्वाद मन पर्छ भने, यसको दूध पनि बनाउन सकिन्छ । यो दूध पचाउन गाह्रो हुनेहरूका लागि राम्रो विकल्प हो ।
नरिवल दूध बनाउन आवश्यक सामग्री
-१०० ग्राम नरिवल
-१००–१५० मिलिलिटर तातोपानी
-२–३ खजूर वा १–२ चम्चा किशमिश वा १०–२० ग्राम गुड मिठासका लागि, वैकल्पिक ।
बनाउने तरिका
-नरिवललाई कोरेर सानो सानो टुक्रा बनाउने ।
-अब ग्राइन्डर जारमा राखेर पिस्ने, बीच–बीचमा पानी हाल्दै जाने ।
-राम्ररी पिसेपछि छान्ने र पिउने ।
-गर्मीमा बनाउँदा आफ्नो इच्छाअनुसार चिसो बनाएर पिउन सकिन्छ ।
३. ओट्स दूध
तौल घटाउन र भेगन आहार पछ्याउनेहरूका लागि ओट्स जौको दूध निकै लाभदायक हुन्छ ।
ओट्स दूध बनाउन आवश्यक सामग्री
-१ कप ओटमिल
-३ गिलास पानी
ओट्सको मात्रा जति लिइन्छ, पानी त्यसको तिन गुणा हुनुपर्छ ।
बनाउने तरिका
-ओटमिललाई ग्राइन्डर जारमा राखेर पिस्ने ।
-पानी हाल्दै सेतो नहुन्जेल पिसिरहने ।
-राम्ररी पिसेपछि सूती कपडाले छान्ने ।
-ओट्स दूध तयार भयो चिसो वा तताएर प्रयोग गर्न सकिन्छ ।
४. बदाम दूध
-बदामको दूध बनाउन अंकुरित बदामको प्रयोग गर्नुपर्छ, किनकि यसमा प्रोटिन र भिटामिनको मात्रा बढ्छ ।
-बदाम दूध बनाउन आवश्यक सामग्री
आधा कप बदाम
५०० मिलिलिटर तातोपानी
२–३ खजूर वा १–२ चम्चा किसमिस वा १०–२० ग्राम गुड मिठासका लागि (वैकल्पिक) ।
बनाउने तरिका
-बदामलाई रातभर दुई कप पानीमा भिजाएर राख्ने ।
-भोलिपल्ट पानीबाट निकालेर बोक्रा हटाउने ।
-ग्राइन्डर जारमा राखेर तातो पानीसँग मसिनो गरी पिस्ने ।
-पिस्दा खजूर वा किसमिस मिसाउने ।
-कपडाले छानेपछि दूध तयार हुन्छ ।
-इच्छाअनुसार चिसो, तातो बनाएर पिउने
५ सोया दूध
प्रोटिनको कमी भएका र ल्याक्टोज इन्टोलेरेन्स भएका व्यक्तिहरूका लागि यो निकै लाभदायक हुन्छ ।
-सोया दूध बनाउन आवश्यक सामग्री
-आधा कप भटमास
-५०० मिलिलिटर तातो पानी
बनाउने तरिका
-भटमासलाई रातभर पानीमा भिजाएर राख्ने ।
-बिहान राम्ररी धुने ।
-हातले माडेर बोक्रा हटाउने ।
-ग्राइन्डर जारमा राखेर पानीसँग मुलायम हुन्जेल पिस्ने ।
-नरम कपडाले छान्ने ।
-तयार दूधलाई कम तापमा १० मिनेटसम्म पकाउने
-मिश्रण बाक्लो लागेमा पानी थप्ने ।
-पकाएपछि १–२ घण्टा सामान्य तापमानमा राख्ने ।
-फ्रिजमा राखेर चिसो बनाउन पनि सकिन्छ ।
-दूध तताएपछि पिउँदा गुड हाल्न सकिन्छ ।
६. तिलको दूध
प्रोटिन र क्याल्सियमले भरिपूर्ण तिलले धेरै फाइदा पुर्याउँछ । यसमा ओमेगा–३ फ्याटी एसिड पनि हुन्छ, जुन मुटुको स्वास्थ्यका लागि आवश्यक हुन्छ । यो भेगन र पचाउन सजिलो हुन्छ ।
तिलको दूध बनाउन आवश्यक सामग्री
-आधा कप तिल
-५०० मिली तातो पानी
-२–३ खजूर वा १–२ चम्चा किसमिस वा १०–२० ग्राम गुड मिठासका लागि, वैकल्पिक ।
बनाउने तरिका
-तिललाई रातभर पानीमा भिजाएर राख्ने
-बिहान राम्ररी धुने ।
-ग्राइन्डर जारमा राखेर २–३ खजूरसँग पिस्ने
-पानी हाल्दै मुलायम पेस्ट बनाउने ।
-एक गिलासमा दुई चम्चा पेस्ट राखेर तातो पानी मिसाउने ।
-चिसो पानीसँग पनि बनाउन सकिन्छ ।
७. केरा दूध
-केरा पोटासियमको राम्रो स्रोत हो, जुन मुटुलाई स्वस्थ राख्न सहयोगी हुन्छ ।
केरा दूध बनाउन आवश्यक सामग्री
-१ पाकेको केरा
-१ कप पानी
-२–३ खजूर वा १–२ चम्चा किशमिश मिठासका लागि, वैकल्पिक ।
बनाउने तरिका
-केरालाई बोक्रा हटाएर पानीसँग मिक्सरमा राख्ने र मसिनो गरी पिस्ने ।
-स्वादिष्ट बनाउन भेनिला वा दालचिनी पाउडर र खजूर वा किसमिस हाल्न सकिन्छ ।
प्रतिक्रिया 4