News Summary
Generated by OK AI. Editorially reviewed.- सीजी ब्रान्डले दशैं टिका फोटो सेयर एण्ड विन कन्टेस्टका विजेता सीता खनाल सापकोटालाई ४३ इन्चको सीजी मेरिडिया ४ के एचडी टेलिभिजन उपहारस्वरुप प्रदान गरेको छ।
- विजेतालाई सीजी ब्रान्ड होम अपलायन्सका प्रतिनिधि भरत प्रसाद साह र सज्ञान ढकालले टेलिभिजन हस्तान्तरण गरेका छन्।
- सीजी इलेक्ट्रोनिक्सले देशभर २० वटा आधुनिक शोरुम र ४० वटा सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ।
१७ कात्तिक, काठमाडौं । सीजी ब्रान्डले दशैंका अवसरमा ल्याएको ‘दशैं टिका फोटो सेयर एण्ड विन कन्टेस्ट’ का विजेता सीता खनाल सापकोटालाई उपहार प्रदान गरिएको छ ।
उपहारस्वरुप ४३ इन्चको सीजी मेरिडिया ४ के एचडी टेलिभिजन विजेतालाई प्रदान गरिएको कम्पनीले जनाएको छ । यो टेलिभिजन हालै बजारमा सार्वजनिक गरिएको नवीनतम मोडल हो ।
टीभीले एआई फिचर तथा उच्च गुणस्तरीय ४ के दृष्य अनुभव प्रदान गर्दछ। विजेता भइसकेपछि सापकोटाले गुणस्तरीय ४ के टीभी उपहारस्वरुप पाउँदा खुसी लागेको बताइन् ।
प्रतियोगिताले दशैंको पारिवारिक खुसीका क्षणहरूलाई डिजिटल रूपमा साझा गर्ने अवसर प्रदान गरेको थियो । देशैभरबाट सहभागीहरूले पठाएका टीका तस्बिरमा नेपाली संस्कृतिको आत्मियता र एकताको सुन्दर झल्को प्रस्तुत थिए ।
विजेतालाई सीजी ब्रान्ड होम अपलायन्सका प्रतिनिधि भरत प्रसाद साह र सज्ञान ढकालले टेलिभिजन हस्तान्तरण गरे । ४० वर्षभन्दा बढी समयदेखि इलेक्ट्रोनिक्स बजारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
देशभर २० वटा आधुनिक शोरुमहरू, ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ।
प्रतिक्रिया 4