+
+
Shares

पहिरोमा पुरिएकी विदेशी पर्यटक फेला परिनन्

मनास्लु भ्रमणबाट फर्कँदै गर्दा गत शुक्रबार चुमनुब्री–३ न्याकफेदी नजिकै पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रास्कोभा सोमबार अपराह्नसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

रासस रासस
२०८२ कात्तिक १७ गते २०:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनास्लु क्षेत्रमा गत शुक्रबार पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रास्कोभा चार दिनसम्म फेला परेकी छैनन्।
  • नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले लगातार दुई दिनसम्म खोज्दा पनि फेला पार्न सकेको छैन।
  • पहिरोका कारण उद्धारकर्ता शुक्रबार र शनिबार घटनास्थलसम्म पुग्न सकेका थिएनन् र आइतबार मात्रै टोली घटनास्थल पुगेको थियो।

१७ कात्तिक, गोरखा। मनास्लु क्षेत्रमा गत शुक्रबार पहिरोमा पुरिएकी एक विदेशी महिला पर्यटक चार दिनसम्म भेटिएकी छैनन् ।

मनास्लु भ्रमणबाट फर्कँदै गर्दा गत शुक्रबार चुमनुब्री–३ न्याकफेदी नजिकै पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रास्कोभा सोमबार अपराह्नसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले लगातार दुई दिनसम्म खोज्दा पनि फेला पार्न नसकिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए।

ठाउँठाउँमा झरेको पहिराका कारण उद्धारकर्ता शुक्रबार र शनिबार घटनास्थलसम्म पुग्न सकेका थिएनन् । पहिरो पन्छाउँदै सो टोली आइतबार घटनास्थल पुगेको थियो।

उनीसँगै पदयात्रामा गएका श्रीमान् र पथप्रदर्शकले भने भागेर ज्यान बचाएका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?