News Summary
Generated by OK AI. Editorially reviewed.- चर्चित भ्लगर तथा गायक सिसन बानियाँको इन्स्टाग्राम खाता गायब भएको छ र उनको युजरनेम सर्च गर्दा ‘यो खाता अहिले उपलब्ध छैन’ देखिन्छ।
 - सिसनलाई इन्स्टाग्राममा ४ लाख ६ हजारभन्दा धेरैले पछ्याएका थिए भने उनका युट्युब, टिकटक, फेसबुक र एक्स खाता भने सञ्चालनमा छन्।
 - उनले संचालन गरेको युट्युब च्यानल ‘प्याराडाइम टिभी’ विवादमा मुछिएको बेला सिसनको इन्स्टाग्राम खाता गायब हुनुको सम्बन्ध विवादमा तानिएको सन्दर्भसँग जोडिएको छ।
 
काठमाडौं । चर्चित भ्लगर तथा गायक सिसन बानियाँको इन्स्टाग्राम खाता गायब भएको छ । उनको खाताको युजरनेम सर्च गर्दा इन्स्टाग्रामले ‘यो खाता अहिले उपलब्ध छैन’ भन्ने देखाउँछ ।
सिसनलाई इन्स्टामा ४ लाख ६ हजारभन्दा धेरैले पछ्याएका थिए ।
उनका युट्युब, टिकटक, फेसबुक र एक्स खाता भने संचालनमा छन् । इन्स्टाग्राम खाता किन गायब भयो भन्ने कुरामा सिसनले अहिलेसम्म सार्वजनिक जानकारी पनि दिएका छैनन् ।
उनले संचालनमा ल्याएको युट्युब च्यानल ‘प्याराडाइम टिभी’ विवादमा मुछिएको बेला बानियाँको इन्स्टाग्राम एकाउन्ट एकाएक गायब भएको हो ।

उक्त युट्युब च्यानलमा हालै अपलोड गरिएका केही भिडियोमा क्रिकेटर सन्दीप लामिछाने, गायिकाहरू एलिना चौहान र समीक्षा अधिकारीबारेका कुरालाई लिएर केही टिप्पणी गरिएका थिए ।
प्याराडाइम टिभी विवादमा तानिएपछि क्रिकेटर र गायिकाका प्रशंसक इन्स्टाग्राममा सिसनमाथि खनिएका थिए । यो सन्दर्भमा सिसनको इन्स्टा एकाउन्ट गायब हुनुलाई अर्थपूर्णरुपमा लिइएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4