News Summary
Generated by OK AI. Editorially reviewed.- समृद्धि खुला महिला बास्केटबल च्याम्पियनसिप कात्तिक १९ गतेदेखि काठमाडौंको राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सुरु हुने भएको छ।
- च्याम्पियनसिपमा सिनियरतर्फ ४ र जुनियरतर्फ ४ टिमले प्रतिस्पर्धा गर्ने नेबा अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए।
- सिनियर विजेताले नगद ४० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने जुनियरले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
१८ कात्तिक, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) संगको सहकार्यमा एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा समृद्धि खुला महिला बास्बकेटबल च्याम्पियनसिप २०२५ हुने भएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समृद्धि खुला महिला बास्बकेटबल च्याम्पियनसिप कात्तिक १९ गतेदेखि सुरु हुने जानकारी दिइएको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा खेलाइने च्याम्पियनसिपमा सिनियरतर्फ ४ र जुनियरतर्फ ४ टिमको सहभागिता रहने नेबाका अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए ।
जसमा सिनियरतर्फ जेभियर इन्टरनेशनल कलेज, साइपाल एकेडेमी, ट्रेनिङ ग्राउण्ड र ग्रान्डे स्टार्स छन् भने जुनियरतर्फ बौद्ध मेरिडियन स्कुल, रिब्स, भ्याली पब्लिक स्कुल र स्वार्निम कलेज छन् ।
जेभियर र साइपाल कलेज हो भने ट्रेनिङ ग्राउण्ड र ग्रान्डे स्टार्स क्लब हुन् । यी दुई टिममा पनि राष्ट्रिय टिमका खेलाडीहरु रहने आयोजकले जनाएको छ ।
पहिलो पटक महिलाको सिनियर र जुनियरको टिमको प्रतियोगिता एकसाथ गराउन लागेको र यसबाट युवा खेलाडीहरुको लागि सिक्ने अवसर हुने नेबा अध्यक्ष गुरुङले जानकारी दिए ।
‘हामीले पहिलो पटक सिनियर र जुनियर टिमको एकै पटक एउटै कोर्टमा सँगै प्रतियोगिता खेलाउँदैछौँ । यो एउटा ट्रायल पनि गरदँ र सर्वेक्षण जस्तो पनि हुन्छ भनेर हो, अध्यक्ष गुरुङले भने, ‘जुनियर खेलाडीलै पछि गएर राष्ट्रिय टिममा खेल्छन् । जुनियर खेलाडीलाई मोटिभेसन गर्दै खेलकुदमा कसरी आकर्षण गर्न सकिन्छ भने जुनियर र सिनियरको सँगै गर्न लागेको हो । यसबाट जुनियर खेलाडीले सिनियरबाट अनुशासन, सम्मान लगायत कुराहरु सिक्ने अवसर पाउँछन् ।’
यही प्रतियोगिताको समयमा नेपालका केही टिम सिक्किमा हुने बास्केटबल प्रतियोगिता पनि खेल्न गएकोले थोरे टिम सहभागि भएको नेबा अध्यक्ष गुरुङले बताए ।
‘टिम नपुगेर होइन । यस पटक महिला र पुरुषको केही टिम सिक्किमा पनि खेल्न गइरहेको छ । यस पटक कस्तो नतिजा आउँछ त्यसबाट योजना बनाएर अर्को पटकको तयारी गर्छौँ ।’ उनले भने ।
गुरुङले यस प्रतियोगिता सफल हुने र सकारात्मक नतिजा आउने आशा राखेका छन् ।
कात्तिक २४ गतेसम्म हुने च्याम्पियनसपिपमा सिनियरतर्फ डबल राउण्ड रोविनमा खेल हुनेछ र जुनियरको सिंगल राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा हुनेछ ।
सिनियरतर्फ विजेताले नगद ४० हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २० र तेस्रो हुनेले १० हजार प्राप्त गर्नेछन् । जुनियरतर्फ भने पुरस्कार राशी राखिएको छैन । जुनियरले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै यस पटक प्रतियोगिता खेल्नका लागि कुनै इन्ट्री फि पनि नराखिएको आयोजक एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टक बहादुर थापाले जानकारी दिए ।
थापाले आफ्नो स्कुलको टिम भएपनि आफैँ आयोजक भएकोले टिम समावेश नगरिएको बताए ।
प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछ । जसमा सिनियरतर्फ ट्रेनिङ ग्राउण्ड र ग्रान्डे स्टार्सबीच मध्यान्न १२ बजे खेल सुरु हुनेछ । यस्तै सिनियरकै साइपाल एकेडेमी र जेभियर इन्टरनेशनलबीचको खेल दिउँसो ३ बजे हुनेछ । यस बीचमा रिब्ज र स्वार्निम स्कुलबीच दिउँसो साढे १ बजे खेल हुनेछ ।
यस प्रतियोगिताबाट महिला बास्केटबलको विकासमा सहयोग पुग्ने नेबाको विश्वास छ ।
खेलतालिका:

प्रतिक्रिया 4