+

दुई गोल गरेका डियाजलाई रातो कार्ड, पीएसजीमाथि बायर्नको जित

२०८२ कात्तिक  १९ गते ७:५१ २०८२ कात्तिक १९ गते ७:५१
दुई गोल गरेका डियाजलाई रातो कार्ड, पीएसजीमाथि बायर्नको जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेनलाई २-१ गोलअन्तरले हराएको छ।
  • लुइस डियाजले बायर्नका लागि दुवै गोल गरे र पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड पाए।
  • जितपछि बायर्नले ४ खेलमा १२ अंक जोडेर तालिकाको शीर्षस्थानमा पुगेको छ।

१९ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा १० खेलाडीमा सीमित बायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हराएको छ ।

बायर्नले पीएसजीलाई २-१ गोलअन्तरले हराएको हो । बायर्नको जितमा दुवै गोल लुइस डियाजले गरे । उनले पहिलो हाफको चौथो मिनेटमै गोल गरेका थिए । ३२औं मिनेटमा अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्जुरी समयमा अचरफ हाकिमीमाथि खराब फाउल गरेपछि डियाजले रातो कार्ड पाएका थिए र बायर्न दोस्रो हाफका लागि १० खेलाडीमा सीमित भएको थियो ।

७४औं मिनेटमा जोआओ नेभेसले गोल फर्काएपनि पीएसजीले त्यसपछि गोल गर्न सकेन ।

जितपछि ४ खेलमा १२ अंक जोडेर अपराजित रहेको बायर्न च्याम्पियन्स लिग तालिकाको शीर्षस्थानमा छ । ९ अंक भएको पीएसजी तेस्रोमा छ ।

युरोपियन च्याम्पियन्स लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय