+

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई वैकल्पिक परीक्षाको व्यवस्था गर्न माग

२०८२ कात्तिक  १९ गते १०:२५ २०८२ कात्तिक १९ गते १०:२५
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई वैकल्पिक परीक्षाको व्यवस्था गर्न माग

१९ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई विशेष अवस्थामा वैकल्पिक परिक्षा व्यवस्था गरिदिन युवा तथा खेलकुद मन्त्रीसमक्ष माग राखेका छन् ।

पारा ब्याडमिन्टन खेलाडीले अधिकारीले मंगलबार सिंहदरवारस्थित मन्त्रालयको कार्यलयमा मन्त्री बब्लु गुप्ता समक्ष त्यसका लागि निवेदन बुझाएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता र विभिन्न बन्द प्रशिक्षणमा रहँदा महत्वपूर्ण परिक्षा गुमाउनुपर्ने र शैक्षिक भविष्य अन्धकारतिर धकेलिने भएको र सम्बन्धित निकायले वैकल्पिक परिक्षा प्रणालीको व्यवस्थापन नगरिएको हुँदा त्यो समस्या समाधान गरिदिन अधिकारीले मन्त्री समक्ष आग्रह गरेका छन् ।

पारा ब्याडमिन्टन खेलाडी वैकल्पिक परीक्षाको व्यवस्था

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय