+
+
Shares

एकता घोषणा सभामा प्रचण्ड- हाम्रो पार्टी देशकै एक नम्बर बन्न कसैले रोक्न सक्दैन

‘नेपालमा यो पार्टी त यसै पनि देशको एक नम्बर पार्टी बन्न अब कसैले रोक्न सक्दैन । यो एक नम्बर पार्टी त भयो-भयो अब । कसैलाई टाउको दुखेको पनि हुन सक्छ । कतिपय प्रतिक्रियावादीलाई त राति निद्रा नलाग्ने पनि होला । नलागे नलागोस् तिनीहरूलाई,’ प्रचण्डले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १८:००

१८ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।

बुधबार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

‘नेपालमा यो पार्टी त यसै पनि देशको एक नम्बर पार्टी बन्न अब कसैले रोक्न सक्दैन । यो एक नम्बर पार्टी त भयो-भयो अब । कसैलाई टाउको दुखेको पनि हुन सक्छ । कतिपय प्रतिक्रियावादीलाई त राति निद्रा नलाग्ने पनि होला । नलागे नलागोस् तिनीहरूलाई,’ प्रचण्डले भने ।

देशभरि एकता घोषणा सभा र अभियान लिएर जाने उनले बताए ।

‘चुनावी परिचालनको अपिल गर्दै जानेछौं । देश एकचोटी फेरि हाम्रो आत्मसमीक्षा, आत्मआलोचना, प्रतिबद्धता, संकल्पलाई जनताले साथ दिने विश्वास हामीले  लिएका छौं । तर यसो भनिरहँदा हामी अहंकारमा जान भने हुँदैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?