News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले आगामी मङ्सिर १ गतेदेखि पूर्णरूपमा सञ्चालनमा आउने निर्णय गरेको छ।
- सर्वोच्च अदालतको पूर्ण बैठकले भदौ २४ गतेको आगजनीबाट बचेका मुद्दाहरू नियमित रूपमा सुनुवाइ गर्ने निर्णय गरेको छ।
- सेवा अवरुद्ध भएका मुद्दा, पुनरावेदनपत्र, निवेदन र दर्ता सबै प्रकारका मुद्दा मङ्सिर १ गतेदेखि सुनुवाइ गरिने अदालतले जनाएको छ।
२१ कात्तिक, काठमाडौं । आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरूपमा सञ्चालनमा आउने भएको छ ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ ।
सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट बचेका मुद्दाहरू, अवरुद्ध सबै सेवाहरूको नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
‘मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेको हुँदा पेसी तारेखको मिति आउन बाँकी रहेका उक्त मुद्दाहरूको २०८२ मङ्सिर १ गते उप्रान्त पूर्ववत् रूपमा तोकिएको पेसी तारेखको दिन नियमित सुनुवाइ हुनेछ,’ अदालतको सूचनामा भनिएको छ, ‘अन्य पेसी नचढेका मुद्दाहरूको कानुनबमोजिम अङ्ग पुर्याएर सुनुवाइ गरिने व्यहोरा सम्बन्धित मुद्दाका पक्ष र अन्य सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’
बैठकले सेवा अवरुद्ध भएका सुरु मुद्दा, पुनरावेदनपत्र, दोहोर्याइ पाउँ भन्ने निवदेन एवं पुनरावलोकन निवेदन समेतका सबै प्रकारका मुद्दा तथा निवेदनहरू, दर्ता एवं सुनुवाइ गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया 4