+
+
Shares

विदेशमा भएका नेपालीलाई मताधिकारबाट वञ्चित नगरौं : मोहम्मद खालिद

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १४:३२

२१ कात्तिक, काठमाडौं । राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले विदेशमा रहेका नेपालीलाई मताधिकारबाट वञ्चित गर्न नहुने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले यस्तो बताएका हुन ।

‘विदेशमा लाखौं नेपाली छन् । उनीहरूलाई मतदानबाट वञ्चित नगरौं । कुन विधिले हुन्छ गरौं,’ उनले बैठकमा भनेका छन् ।

समितिमा संघीय संसद्को आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल भएको छ ।

बैठकमा आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी लगायत रहेका छन् । जहाँ राष्ट्रिय सभा सदस्य खालिदले विदेशमा रहेका नेपालीलाई मताधिकारबाट बन्चित गर्न नहुने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?