+
+
Shares

दलहरूमा सुधारका प्रयास असफल हुँदा जेनजी आन्दोलन भएको नेतात्रयको दाबी

जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले मुलुकलाई झन् झन् अन्योलग्रस्त बनाएको उनीहरूको निकर्ष छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १८:४०

२० कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव, घनश्याम भूसाल र जनार्दन शर्माले दलहरूमा सुधारका प्रयासहरू असफल हुँदा जेनजी आन्दोलन भएको दाबी गरेका छन् ।

उनीहरूले शुक्रबार संयुक्त प्रेस वक्तव्य निकालेर यस्तो बताएका हुन् ।

‘सत्तासिन नेताहरू गैरजिम्मेवार बन्दै र राजनीतिक दलहरूले खेल्नु पर्ने भूमिका कमजोर हुँदै जाँदा राज्य, राजनीति, राजनीतिक दल र तिनका नेताहरू जनताबाट टाढिँदै गएका थिए । दलहरूमा सुधारका प्रयासहरू असफल हुँदै गएका थिए । जसले गर्दा ती दलहरूले गत २३ भदौको जेनजी आन्दोलन र २४ भदौको विध्वंसलाई थेग्न सकेनन्’ वक्तव्यमा छ ।

जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले मुलुकलाई झन् झन् अन्योलग्रस्त बनाएको उनीहरूको निकर्ष छ । उनीहरू थप लेख्छन्, ‘राष्ट्रियता, लोकतन्त्र र जनताका हक अधिकार एकसाथ खतरामा परेका छन् । राष्ट्रिय जीवन असुरक्षित हुँदै गएको छ ।’

यहही अवस्थाको कारणले आफूहरूले एकताबद्ध भएर अगाडि बढ्ने संकल्प गरेको उनीहरूले बताएका छन् ।

मुलुकको असाधारण राजनीतिक अन्योलका बारेमा सबै जानकार रहेको उल्लेख गर्दै उनीहरूले परिस्थितिको ख्याल गर्न आवश्यक रहेको बताएका छन् ।

साथै उनीहरूले सबै प्रतिबद्ध कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूसँग सार्थक संवाद, छलफल र सहकार्यका लागि आह्वान पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?