News Summary
Generated by OK AI. Editorially reviewed.- ग्राण्ड स्टार्सले साइपाल एकेडेमीलाई ९४-२५ ले हराउँदै लगातार चौथो जित हात पारेको छ।
- ट्रेनिङ ग्राउण्डले जेभियर इन्टरनेसनललाई ९३-१८ ले हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ।
- ग्राण्डकी स्मृति फार्जुज र ट्रेनिङ ग्राउण्डकी उर्जा मगर प्लेअर अफ दि म्याच घोषित भएकी छन्।
२२ कात्तिक, काठमाडौं । ग्राण्ड स्टार्स र ट्रेनिङ ग्राउण्डले समृद्धि खुला महिला बास्केटबल प्रतियोगितामा शनिवार जित हात पारेका छन् ।
ग्राण्ड स्टार्सले लगातार चौगो खेल जितेको हो ट्रेनिङ ग्राउण्डको लगातार तेस्रो जित हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको चौथो दिन शनिवार ग्राण्डले साइपाल एकेडेमीलाई ९४-२५ ले हरायो ।
खेलमा ग्राण्डकी स्मृति फार्जुजले ११ अंक स्कोर गरिन् । उनी प्लेअर अफ दि म्याच घोषित भइन् ।
यस्तै अर्को खेलमा ट्रेनिङ ग्राउण्डले जेभियर इन्टरनेसनललाई ९३-१८ ले हरायो । ट्रेनिङ ग्राउण्डकी उर्जा मगरले सर्वाधिक २६ अंक स्कोर गरिन् । उनी प्लेअर अफ दि म्याच घोषित भइन् ।
यस्तै जुनियरतर्फ भ्याली पब्लिकले स्वार्निम स्कुललाई ३३-५ ले हरायो ।
प्रतिक्रिया 4