२३ कात्तिक, चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–८ चैनपुरचोकमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
गएराति नारायणगढबाट हेटौँडातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०७९९ नम्बरको कन्टेनर ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००५ प ७७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
कन्टेनरको ठक्करबाट मोटरसाइकल चालक चितवनको राप्ती नगरपालिका-७ बस्ने १९ वर्षीय श्रीराम कंडेल र मोटरसाइकलको पछाडि सवार चितवनको राप्ती नगरपालिका-५ बस्ने २० वर्षीया विमला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4