+
+
Shares

दुर्गा प्रसाईं भारतीय अध्यागमनको केरकारमा किन परे ?

केरकारकै क्रममा भारतीय अधिकारीहरुले नेपाली दूतावाससँग सम्पर्क गरेका थिए । सो क्रममा उनीहरुले गत १५ चैतको घटनाकाबारेमा जानकारी गराउँदै त्यसमा केही रहे/नरहेको चासो समेत राखेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १४:३३

२३ कात्तिक, काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईं नयाँदिल्लीबाट शुक्रबार काठमाडौं फर्कने क्रममा केरकारमा परे ।

भारतीय अध्यागमनले प्रसाईंलाई आधा घण्टा भन्दा बढी केरकार गर्‍यो । केरकारपछि प्रसाईं नेपाल एअरलायन्सको उडान नम्बर २१८ मार्फत उनी काठमाडौं आए । अध्यागमनमा होल्ड गरेर प्रसाईंमाथि केरकार गर्नुमा मुख्यगरी तीन वटा कारणहरु औंल्याएको दिल्लीस्थित नेपाली दूतावास स्रोतले बताएको छ ।

नेपालमा पछिल्लो समय राजावादीको नाममा प्रसाईंले गरेको अराजक गतिविधि र त्यसमा भारतको समर्थन रहेको भन्दै दिएको अभिव्यक्तिप्रति भारतीय पक्ष असन्तुष्ट थियो । यो विषयमा असन्तुष्ट बनेको भारतीय पक्षले प्रसाईंलाई चेतावनी समेत दिएको थियो ।

एनडीटीभीसँग कुरा गर्दै विषयसँग परिचित एक अधिकारीले भने, ‘भारतीय अधिकारीहरूले दुर्गा प्रसाईंलाई भारतमा रहँदा राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थनको भ्रामक दाबी नगर्न चेतावनी दिएका छन् ।’

स्रोतले प्रसाईं वा उनका छोरा दुवैले यस भ्रमणका क्रममा कुनै पनि भारतीय सरकारी वा पार्टीका प्रतिनिधिसँग भेटघाट गर्न नसकेको एनडीटिभीले उल्लेख गरेको थियो । पछिल्ला हप्ताहरूमा असफल प्रयासहरूलाई संकेत गरेको उल्लेख गरेको थियो ।

आफूलाई भारतको समर्थन रहेको भन्दै प्रसाईले अफवाह फैलाएकोमा भारतीय पक्ष असन्तुष्ट बनेको थियो । सोही क्रममा उनी गत सोमबार नेपाल एअरलायन्समार्फत दिल्ली पुगेका थिए । तर त्यतिबेला दिल्ली अध्यागमनले प्रसाईंलाई कुनै केरकार गरेन । सामान्य सोधपुछ गरेर छाड्यो । तर फर्कने बेलामा भने उनी केराकारमा परे ।

यसबारे जानकार एक सरकारी अधिकारी भन्छन्, ‘सायद भारतमा प्रसाईंले के गतिविधि गर्छन् भन्ने बुझ्नकै लागि अध्यागमनले त्यतिबेला केही गरेन ।’

भारत पुगेपछिका उनका गतिविधि भने शंकास्पद देखिएपछि फर्कने बेलामा उनी केरकारमा परेको स्रो बताउँछ । भारतमा प्रसाईंले जुन ठाउँमा बस्ने बताएका थिए, त्यो ठाउँमा उनी बसेनन् । त्यो पनि ठाउँ फेरि, फेरि बसेपछि उनी निगरानीमा परे ।

‘आवागनको अध्यागनले सोध्दा प्रसाईंले जहाँ बस्ने बताएका थिए । उनी त्यहाँ बसेनन् । त्यति मात्रै होइन् । उनी ठाउँ फेर्दै फरक–फरक ठाउँ बसेको देखिएपछि उनी निगरानीमा परेको देखिन्छ’ जानकार स्रोतले भन्यो ।

यसका साथै प्रसाईंले भनिएभन्दा बढी समय भारतमा बिताएका छन् । अध्यागमनमा फर्कनेबारे सोधपुछ गरेको समय भन्दा बढी उनी बस्नु र ठाउँ फेरिरहुनले उनका गतिविधि शंकास्पद बनाएको भारतीय पक्षको बुझाइ छ ।

समय थप्दै जानुमा कुनै राजनीतिक भेट भइहाल्छ कि भन्ने मनसाय प्रसाईंको रहेको देखिन्छ । तर भारतीय पक्षले भने उनलाई दूरीमै राख्दै यसबारे कुनै महत्व दिएन

केरकारकै क्रममा भारतीय अधिकारीहरुले नेपाली दूतावाससँग सम्पर्क गरेका थिए । सो क्रममा उनीहरुले गत १५ चैतको घटनाकाबारेमा जानकारी गराउँदै त्यसमा केही रहे/नरहेको चासो समेत राखेका थिए । नेपाली पक्षले भने त्यो मुद्दा अदालतमा पुगिसकेकाले अहिले केही नरहेको जानकारी गराएका थिए ।

औपचारिक रुपमा भने भारतीय पक्षले नेपाली दूतावासलाई जानकारी गराउँदा १५ चैतको घटनाका बारेमा आएको पत्रको आधारमा केहीबेर होल्ड गरेर केराकार गरिएको जानकारी गराएको स्रोतको भनाइ छ । यी घटनाक्रमले भारतीय सुरक्षा संयन्त्रले उनका गतिविधिलाई नजिकबाट ‘वाच’ गरेको देखिन्छ ।

प्रसाईंले नोभेम्बर २३ (मंसिर ७ गते) का लागि काठमाडौंमा एक ठूलो राजतन्त्र पक्षधर र्‍यालीको आह्वान गरेका छन् । यसपछि देशव्यापी सडक अवरोध र जनप्रदर्शन सहितको अभियान चलाउने उनको योजना छ ।

राष्ट्रवादी र गणतन्त्र विरोधी भाषणहरूले राजतन्त्रवादी वृत्तबाट चर्को समर्थन पाए पनि प्रमुख पार्टीहरूबाट भने आलोचना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?