+
+
Shares

अनुष्का सिलवालको काव्य संग्रह ‘द बर्डेन अफ ब्रेथ’ सार्वजनिक

लेखक सिलवालले पुस्तक बिक्रीबाट आउने रकमको एक हिस्सा परोपकारी कार्यमा समर्पित गर्ने बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदीयमान लेखक अनुष्का सिलवालको पहिलो काव्य संग्रह 'द बर्डेन अफ ब्रेथ' सार्वजनिक भएको छ।
  • पुस्तक विमोचन वरिष्ठ साहित्यकार गोविन्दराज भट्टराई र माधवलाल महर्जनले संयुक्त रूपमा गरेका छन्।
  • सिलवालले पुस्तक बिक्रीबाट आउने रकमको एक हिस्सा परोपकारी कार्यमा समर्पित गर्ने बताएकी छिन्।

२३ कात्तिक, काठमाडौं । उदीयमान लेखक, मार्केट र तथा स्टोरीटेलर अनुष्का सिलवालको पहिलो काव्य संग्रह ‘द बर्डेन अफ ब्रेथ’ सार्वजनिक भएको छ ।

प्रेम, आत्मपहिचान, आन्तरिक संवेदना र मानवीय अस्तित्वको संवेदनशील गहिराई समेट्ने सिलवालको कृतिले उनको साहित्यिक यात्राको गम्भीर र प्रभावशाली प्रारम्भलाई संकेत गरेको छ ।

पुस्तक विमोचन वरिष्ठ साहित्यकार प्राध्यापक गोविन्दराज भट्टराई तथा मण्डला बुक प्वाइन्टको माधवलाल महर्जनले संयुक्त रूपमा गरे । भट्टराई र महर्जनले सिलवालको कृतिमा देखिएको काव्यिक सान्दर्भिकता, भाषिक सूक्ष्मता र अव्यक्त भावनालाई स्पष्ट शब्दबद्ध गर्ने उनको क्षमताको प्रशंसा गरे ।

पुस्तक विमोचन कार्यक्रममा लेखक सिलवालले आफ्ना सिर्जनात्मक यात्रामा साथ र प्रेरणा दिने गुरु, शिक्षक तथा परिवारप्रति आभार व्यक्त गरिन् । उनले पुस्तक बिक्रीबाट आउने रकमको एक हिस्सा परोपकारी कार्यमा समर्पित गर्ने बताइन् ।

‘म आफूलाई पूर्णकालीन लेखक भन्दिनँ,’ उनले भनिन्, ‘तर, लेखन सधैं मेरो मौन, आन्तरिक हिस्सा बनेर रह्यो, यो पुस्तक त्यही हिस्सा संसारसँग साझा गर्ने मेरो प्रयास हो, मेरा शब्दहरूले सुन्ने आकांक्षा राख्ने, बुझिन चाहने वा आफूलाई चाहने कुनै पनि पाठकमाझ पुगुन् भन्ने मेरो इच्छा हो ।’

काठमाडौंमा जन्मीहुर्केकी २४ वर्षीया लेखक सिलवालले सन् २०२३ मा इन्डियाना युनिभर्सिटीको केल्ली स्कुल अफ बिजनेसबाट मार्केटिङमा स्नातक तथा मनोविज्ञानमा (माइनर) पूरा गरेकी छिन् ।

हाल काठमाडौंका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध द बर्डेन अफ ब्रेथमा समावेश १ सय १७ कविताले उनको संवेदनशीलता, अन्तरदृष्टि, स्वबोध र भावनात्मक स्पष्टताका विभिन्न क्षण उजागर गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?