News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'परान' ले प्रदर्शनको नवौं दिन दोस्रो शनिबारसम्म ३ करोड ७१ लाख नेरु ग्रस कमाएको छ।
- दोस्रो शनिबारमा मात्र फिल्मले १ करोड २० लाख नेरु ग्रस कमाएको छ।
- फिल्मले १ लाख २८ हजार टिकट बिक्री गरेको र रात्रीकालिन शोज खचाखच देखिएको छ।
काठमाडौं । नीर शाह स्टारर फिल्म ‘परान’ ले दोस्रो सप्ताहान्तमा उत्कृष्ट कमाइ गरेको छ ।
प्रदर्शनको नवौं दिन दोस्रो शनिबारसम्म फिल्मले सिनेपाः बक्सअफिसमा ३ करोड ७१ लाख नेरु ग्रस कमाएको छ ।
दोस्रो शनिबार एकैदिनमा फिल्मको कमाइ १ करोड २० लाख नेरु ग्रस छ ।
सोही अवधिसम्म फिल्मका १ लाख २८ हजारवटा टिकट बिक्री भएका छन् । दीपक आचार्य निर्देशित फिल्म बाबु र सन्तान बीचको सम्बन्धको कथावस्तुमा आधारित छ ।
फिल्मले दोस्रो सातामा उत्कृष्ट कमाइ गरेसँगै हलले शोज संख्यामा पनि वृद्धि गरेका छन् । रात्रिकालीन शोज पनि खचाखच देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4