+
+
Shares

३३ औं आईजीपी कार्कीले सम्हाल्नेछन् साढे २ वर्ष प्रहरीको कमाण्ड

यस्तो छ इन्स्पेक्टरदेखि आईजीपीसम्मको यात्रा

कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १९:३६

२४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको ३३ औं आईजीपीको रुपमा दानबहादुर कार्की नियुक्त भएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत एआईजी कार्की आईजीपीको पहिलो दाबेदार थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनै कार्कीलाई नेपाल प्रहरीको नेतृत्व सुम्पेको हो ।

प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो । कार्कीले अब २७ कात्तिकबाट प्रहरीको नेतृत्व सम्हाल्नेछन् । संगठनमा उनी इमान्दार प्रहरीको रुपमा चिनिन्छन् ।

उनी १८ चैत २०५४ मा प्रहरी इन्सपेक्टरको रुपमा भर्ना भएका थिए । जसअनुसार विद्यमान प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवा अवधिका कारण उनी करिब साढे २ वर्ष नेतृत्वमा रहनेछन् ।

उनले १७ चैत २०८४ सम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन् । कार्की २६ मंसिर २०६६ मा डीएसपीमा बढुवा भए ।

कार्कीले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । पूर्वी टिमोरमा २ पटक र हाइटीमा १ पटक मिसन गएका छन् ।

२४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए ।

२३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत विभागको प्रमुख थिए ।

डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाले । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो ।

कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ । विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?