+
+
Shares

नवनियुक्त आईजीपीले भने- सकेको राम्रो गर्छु, नराम्रो गर्ने छैन

‘म प्रण गर्छु । सकेको राम्रो गर्छु । तर नराम्रो गर्ने छैन,’ आईजीपी खापुङले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आफूले सकेसम्म राम्रो गर्ने र नराम्रो नगर्ने प्रण गरेका छन्।
  • खापुङले प्रहरीको सर्वोच्च पदमा पुग्दा आफ्नो यात्रा परिश्रम र निर्भिकतामा आधारित रहेको बताए।
  • उनले बाँकी समय जन्मभूमि, संगठन र प्रहरी हितमा समर्पित गर्ने विश्वास दिलाएका छन्।

१९ भदौ, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आफू जति समय रहे पनि सकेको राम्रो गर्ने बताएका छन् ।

बिहीबार गृहमन्त्रालयमा आईजीपीको दर्ज्यानी चिन्ह प्राप्त गरेपछि बोल्दै खापुङले उक्त कुरा बताए । ‘म प्रण गर्छु । सकेको राम्रो गर्छु । तर नराम्रो गर्ने छैन,’ खापुङले भने ।

प्रहरीको सर्वोच्च पदमा पुगेको खुसी व्यक्त गर्दै खापुङले भने, ‘तेह्रथुमको गाउँबाट निस्केको मेरो यात्रा आज नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्न सफल भएको छ । यो यात्रामा मसँग कुनै महत्वकांक्षा र प्राप्तीको मोह तथा अभिलासाले पच्छ्याउन सकेन । तर परिश्रम र मेहनत गर्ने उच्च आचरण निर्भिक रहने प्रतिज्ञाले मलाई सधैं दिशा निर्देश गरिह्यो ।’

लामो समय संगठन प्रति समर्पित रहेको बताउँदै अबको बाँकी समय पनि कसल दर्जाकै हितमा समर्पित हुने उनले बताए ।

‘म निर्भिकताका साथ भन्न सक्छु, अब बाँकी अवधि मेरा लागि भन्दा पनि जन्म भूमि, संगठन र यसमा आबद्ध सकल दर्जाका हितका खातिर समर्पित हुनेछु भन्ने विश्वास दिलाउन चाहान्छु’ नवनियुक्त आईजीपी खापुङले भने ।

व्यक्ति सफल हुनेभन्दा पनि संस्था सफल बनाउन आवश्यक रहेको उनले मन्तव्यमा उल्लेख गरे ।

‘व्यक्तिगत रुपमा म सफल हुनेभन्दा पनि संस्था सफल हुन अपिरिहार्य हुन्छ । यसले राष्ट्र, संगठन र समग्र प्रहरीका लागि हित गर्नेछ । त्यसैले म व्यक्ति नभई जिम्मेवार संस्थाका रुपमा नेपाल प्रहरीको श्रीवृद्धि गर्ने, नागरिकको सेवामैत्री प्रहरी सेवालाई संस्थागत गर्न समर्पित रही इमान्दार योगदान गर्नेछु’ उनले भने ।

यसका लागि मन्त्रालयको साथ रहने विश्वास रहेको उल्लेख गर्दै उनले भने, ‘मेरो भगिरथ प्रयासलाई सार्थक तुल्याउन तालुक गृहमन्त्रालयको नेतृत्वबाट यथेष्ट साथ सहयोग हुने नै छ भन्ने विश्वास गर्छु ।’

नेपाल प्रहरीप्रति आम नागरिकको आशा र भरोसा रहेको उल्लेख गर्दै उनले राज्यको तर्फबाट दूरदराजमा पुग्ने प्रतिनिधि संस्था प्रहरी रहेको बताए ।

‘अहिले पनि हजारौं स्थानमा प्रहरीको माग भएको छ । हामीले दैनिक हजारौं नागरिकलाई सेवा गरेका छौं । सयौंका जीवन बचाउन काम गरेका छौं । यदकता कुनै आलोचना हुनसक्छ । यसलाई गलत भन्दा पनि रचनान्तक रूपमा लिनुपर्छ भन्ने मेरो बुझाइ छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?