+
+
Shares

कस्मेटिक सामान डिस्ट्रिब्युटरलाई वाणिज्य विभागले तिरायो २ लाख जरिबाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक कस्मेटिक सामान डिस्ट्रिब्युटरलाई २ लाख  रुपैयाँ जरिबाना तिराएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते ११:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं कमलपोखरीस्थित श्रीसालासर डिस्ट्रिब्युटर्सलाई अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नगरेको कारण २ लाख १ हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • विभागले मूल्यसूची तथा दर्ता प्रमाणपत्र नराखेको भन्दै कलंकीको विकास ट्रेड प्रालिलाई २० हजार र स्युचाटारको नेपाल थोपा सिँचाइ प्रालिलाई १० हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • सोमबार विभागले कुल १६ वटा फर्म अनुगमन गरी अन्य १३ फर्मलाई सामान्य निर्देशन दिएको र उपभोक्ताको अधिकार सुनिश्चित गर्न बजार अनुगमन निरन्तरता दिने बताएको छ।

२५ कात्तिक, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक कस्मेटिक सामान डिस्ट्रिब्युटरलाई २ लाख  रुपैयाँ जरिबाना तिराएको छ ।

सोमबार विभागको अनुगमन टोलीले काठमाडौं महानगरपालिका–१ कमलपोखरीस्थित श्रीसालासर डिस्ट्रिब्युटर्स प्रालिलाई २ लाख १ हजार रुपैयाँ जरिबाना तिराएको हो ।

डिस्ट्रिब्युटरले अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख नगरी सामान बिक्री गरेको पाइएपछि जरिबाना तिराइएको विभागले जनाएको छ ।

यस्तै विभागले अन्य दुई फर्मलाई पनि कारबाही गरेको छ । मूल्यसूची तथा दर्ता प्रमाणपत्र नराखेको भन्दै काठमाडौं महानगरपालिका–१४ कलंकीको विकास ट्रेड प्रालिलाई २० हजार रुपैयाँ र काठमाडौं–१३ स्युचाटारको नेपाल थोपा सिँचाइ प्रालिलाई १० हजार रुपैयाँ जरिबाना तिराइएको छ।

विभागले सोमबार कुल १६ वटा फर्म अनुगमन गरेको थियो । अन्य १३ फर्मलाई भने सामान्य निर्देशन दिइएको छ । विभागले उपभोक्ताको अधिकार सुनिश्चित गर्न बजार अनुगमनलाई निरन्तरता दिने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?