२५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पार्टी खारेज गरेको छ ।
यो पार्टी वामदेव गौतम नेतृत्वमा रहेको पार्टी हो । यो पार्टी तत्कालीन नेकपा एकीकृत समाजवादीमा मिसिएको थियो । समावादी पार्टी समेत १० वटा दल समूह मिलेर नेपाली कम्युनिस्ट पार्टी बनिसकेको छ ।
नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पाटी गर्न संयोजक गौतमले निवेदन दिएका थिए । गौतमको निवेदनका आधारमा आयोगले पार्टी खारेज गर्ने निर्णय गरेको हो ।
अर्को पार्टीमा समायोजन भएकोले खारेज गरी पाउँ भनेर निवेदन परेपछि खारेजको निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया 4