+
+
Shares

दुई सिफ्टमा मतदाता नामावली संकलन, नाम दर्ता गर्न आयोगको अपिल

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल गरेको छ।
  • सेवाग्राहीको अधिक चाप व्यवस्थापन गर्न दैनिक ८०० भन्दा बढी नाम दर्ता हुने जिल्लामा दुई सिफ्टमा १२ घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।
  • काठमाडौं उपत्यकाका तीन जिल्लामा थप १४ जना कर्मचारी खटाएर सेवा प्रवाह गरिने र अन्य जिल्लामा प्रमुख जिल्ला अधिकारीले थप जनशक्ति खटाउने गृह मन्त्रालयमा पत्राचार गरिएको छ।

२५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले अपिल जारी गरेर २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरू मतदाता नामावलीमा नाम दर्ता गर्न भनेको हो ।

नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको अधिक चापलाई व्यवस्थापन गर्न र सहज रूपमा सेवा प्रवाह गर्नको लागि दैनिक ८०० भन्दा बढी नाम दर्ता भईरहेका जिल्लाहरूमा ६/६ घण्टाका दरले दुई सिफ्टमा दैनिक १२ घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

यसका लागि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाएर सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।

अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापका आधारमा थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरिएको पनि आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?