+
+
Shares

जेनजी घाइतेहरूको वर्गीकरण विवरण संकलन गर्न गृह मन्त्रालयको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृह मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको व्यक्तिगत विवरण संकलन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
  • स्वास्थ्य मन्त्रालयले २०८२ कात्तिक २४ मा जेनजी प्रदर्शनमा घाइते वर्गीकरण सम्बन्धी कार्यविधि अनुसार विवरण संकलन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
  • जिल्लास्तरीय वर्गीकरण सहजीकरण समितिले ७ दिनको सूचना प्रकाशन गरी घाइते वर्गीकरण गरी स्वास्थ्य मन्त्रालयको प्राविधिक समितिमा पठाउन निर्देशन दिएको छ।

२५ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको व्यक्तिगत विवरण संकलन गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयद्वारा मंगलबार जारी परिपत्र अनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८२ कात्तिक २४ मा जेनजी प्रर्दशनमा घाइतेको वर्गीकरण सम्बन्धी कार्यविधि अनुसार घाइतेहरूको विवरण संकलन प्रक्रिया अघि बढाउने निर्णय भएको हो ।

प्रदर्शनका घाइतेहरूको वर्गीकरण सम्बन्धी कार्यविधि २०८२ अनुसार गठन हुने जिल्लास्तरीय वर्गीकरण सहजीकरण समितिबाट घाइते तथा अपांङको वर्गीकरण गर्ने कार्यका लागि ७ दिनको सुचना प्रकाशन गर्ने निर्देशन दिएको छ ।

त्यसपछि घाइतेको वर्गीकरण काम सम्पन्न गरी स्वास्थ्य मन्त्रालयमा रहेको जेनजी प्रदर्शन घाइतेहरुको प्राविधिक समितिमा पठाउन मन्त्रालयले अनुरोध गरेको छ ।

पत्रमा भनिएको छ, ‘ जेनजी घाइते परिचयपत्र प्राप्त गरेका घाइतेहरूलाई पायक पर्ने जिल्ला प्रशासन कार्यालयबाट वर्गाीकरण हुने व्यवस्था हुन गृह सचिवस्तरीय २५ कात्तिकको निर्णयअनुसार अनुरोध छ ।’

त्यसैगरी, जेनजी प्रदर्शनीका घाइतेहरूको विवरण सम्बन्धी कार्यविधिको सफ्ट कपी पनि सम्बन्धित कार्यालयहरूलाई इमेल मार्फत पठाइएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?