+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

तीन डीआईजीको सरुवा, कोशी प्रदेशमा घिमिरे

सरुवा सूचीअनुसार प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत रहेका डीआईजी विनोद घिमिरेलाई कोशी प्रदेशको जिम्मेवारी दिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १९:३०

८ मंसिर, काठमाडौं । गृह मन्त्रालयले तीन जना डीआईजीको सरुवा गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले यसबारे जानकारी गराएको छ ।

सरुवा सूचीअनुसार प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत रहेका डीआईजी विनोद घिमिरेलाई कोशी प्रदेशको जिम्मेवारी दिइएको छ ।

कोशीका डीआईजी ईश्वर कार्कीको एआईजीमा बढुवा भएपछि कोशी प्रदेश प्रहरी प्रमुखविहीन थियो ।

त्यसैगरी प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत डीआईजी दिलिप सिंह देउवाको प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ ।

प्रदेश समन्यमा कार्यरत रहेका दिपककुमार बस्नेतको भने महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?