+
+
Shares

सोनापुर मिनरलले ८६ लाख ३० हजार बुझाएपछि जोडियो बिजुलीको लाइन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते ७:३०

२६ कात्तिक, काठमाडौं । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयल प्रा.लि.ले बिजुलीको बक्यौताको पहिलो किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यससँगै  प्राधिकरणले बिजुलीको लाइन जोडिदिएको छ ।

विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले ७ कात्तिकमा बिजुलीको लाइन काटिदिएको थियो ।

बक्यौताको पहिलो किस्ता ८६ लाख ३० हजार रुपैयाँ बुझाएपछि मंगलबार साँझ लाइन जोडिदिएको प्राधिकरणले जनाएको छ ।

सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्म २४ करोड २९ लाख ९९ हजार रुपैयाँ नतिरेको र त्यसलाई  २८ किस्तामा विभाजन गरी चुक्ता गर्ने सुविधा दिइएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?