२६ कात्तिक, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङको भनिएको उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटीमा राखिएका सुभाष प्रधानले पार्टीमा बस्न अस्वीकार गरेका छन् ।
उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यको सूचीमा चितवनका प्रधानको नाम २९ औं नम्बरमा छ । मन्त्री घिसिङसँग छलफल भएको तर केन्द्रीय समितिमा बस्ने विषयमा आफ्नो सहमति नभएको प्रधानले बताए । उनले अनलाइनखबरसँग भने, ‘नयाँ दल आए पुराना दललाई सच्चिन दबाब पर्छ भन्ने हिसाबबाट छलफल भएको हो तर उज्यालो पार्टीमा बस्ने विषयमा मेरो सहमति छैन ।’
पार्टी गठन जुन ढंगबाट हुनुपर्थ्यो त्यसरी नभएको र पछिल्लो समय घिसिङको फोन समेत नउठेको प्रधानको गुनासो छ । ‘पार्टी गठनको शुरुवातमै राजनीतिक संस्कार नदेखिए जस्तो लाग्यो,’ प्रधानले टेलिफोनमा भने ।
उज्यालो नेपाल पार्टीले मंगलबार निर्वाचन आयोगमा ५१ सदस्यीय केन्द्रीय समितिको नाम बुझाएको थियो ।
सूचीको १० औं नम्बरमा नाम भएकी टासी ल्हान्जोमले पनि पार्टीमा बस्न अस्वीकार गरिसकेकी छन् ।
प्रतिक्रिया 4