२७ कात्तिक, काठमाडौं । सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ता गर्ने समय सीमा तोकेको छ । यो समय सकिन अब तीन दिन मात्र बाँकी छ ।
तर, निर्वाचन आयोगको सर्भरमा समस्या आउँदा मतदाता नामावली दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय पुगेकाहरूले हैरानी खेपिरहेका छन् ।
बिहीबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाता नामवलीमा दर्ता गर्न पुगेकाहरूले यस्तै हैरानी खेप्न बाध्य भएका छन् ।
आयोगको सर्भरमा समस्या आउँदा मतदाता नामावली दर्ता गर्न पुगेकाहरू लामो समयदेखि लाइनमा बस्न बाध्य भएका छन् ।
सर्भर डाउन भएका कारण लामो समयदेखि लाइनमा बस्दा पनि मतदाता नामावली दर्ता गर्न नपाएको उनीहरूले गुनासो गरेका छन् ।
देशभरिका निर्वाचन कार्यालयहरूमा मतदाता नामावली दर्ता गर्नेहरूको भिड लागेपछि आयोगले राष्ट्रिय परिचय पत्रबाट बायोमेट्रिक लिएर नाम दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ । यसले मतदाता नामावली संकलनमा थप सहज हुने विश्वास आयोगको छ ।

प्रतिक्रिया 4