+
+
Shares

ऊर्जामन्त्री कुलमान घिसिङले बुझाए सम्पत्ति विवरण

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २८ गते १५:४४
फाइल तस्वीर

२८ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सम्पत्ति विवरण बुझाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मन्त्री घिसिङले आज सम्पत्ति विवरण बुझाएका हुन् ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीसहति सात जना मन्त्रीले सम्पत्ति विवरण बुझाइसकेका छन् । सम्पत्ति विवरण बुझाउनेमा अर्थमन्त्री रामेश्वर खनाल,  गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदनप्रसाद परियार र खेलकुदमन्त्री बब्लु गुप्ताले रहेका छन् ।

जेनजी आन्दोलनको बलमा बनेको कार्की नेतृत्वको मन्त्रीमण्डल १० सदस्यीय छन् । सञ्चारमन्त्री जगदीश खरेल  र स्वास्थ्यमन्त्री सुधा शर्मा गौतमले भने सम्पत्ति विवरण बुझाउन बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?