+

ब्लाइन्ड महिला टी-२० विश्वकपमा नेपाल भारतसँग पराजित

२०८२ कात्तिक  २८ गते २२:१५ २०८२ कात्तिक २८ गते २२:१५
ब्लाइन्ड महिला टी-२० विश्वकपमा नेपाल भारतसँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतमा जारी ब्लाइन्ड महिला टी-२० विश्वकपमा नेपालले भारतसँग ८५ रनले पराजित भएको छ।
  • भारतले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो भने नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो।
  • नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकामाथि ९ विकेटको जित निकालेको थियो।

२८ कात्तिक, काठमाडौं । भारतमा जारी ब्लाइन्ड महिला टी-२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

नेपाल भारतसँग ८५ रनले पराजित भएको हो । भारतले दिएको २१० रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । बिनिता पुनले ३१ रन बनाइन् ।

त्यसअघि भारतले २० ओभरमा ३ विकेट मात्र गुमाएर २०९ रन बनाएको थियो । दीपिका तीसीले ७८ रन बनाइन् । सिमु दासले ६८ रन बनाइन् ।

नेपालले आफ्नो पहिलो खेलमा बुधबार श्रीलंकामाथि ९ विकेटको शानदार जित निकालेको थियो ।

ब्लाइन्ड महिला टी-२० विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय