+
+
Shares

ताप्लेजुङ एक बालिकाको लडेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २९ गते १४:२३

२९ कात्तिक, ताप्लेजुङ । जिल्लाको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा लडेर एक बालिकाको निधन भएको छ । फुङ्लिङ–१० फुरुम्बुका वीरबहादुर नुगोका सात वर्षीय छोरी अर्पणा नुगो लिम्बूको लडेर निधन भएको हो ।

फुङलिङ–९ हाङदेवामा बस्दै आएकी बालिकाको शुक्रबार साँझ लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक रोहित शर्मा बढईले जानकारी दिए ।

उनका अनुसार निर्माणाधीन मादेन वंशको माङ्हिम मन्दिरबाट लडेर बालिकाको मृत्यु भएको हो ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरीको टोली परिचालन गरिएको थियो । शव कानुनी प्रक्रिया पूरा जिल्ला अस्पतालमा ल्याइएको बताउँदै बढईले शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?