+
+
Shares

वडाध्यक्ष हत्याको आरोपमा प्रहरीसहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३० गते १९:११

३० कात्तिक,  जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ अन्दुपट्टीमा वडाध्यक्ष विन्देश्वर यादवको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ३५ वर्षीय शम्भुकुमार यादव, ३० वर्षीय धर्मनाथ यादव, २८ वर्षीय पप्पु यादव र २८ वर्षका मनोजकुमार यादव छन् ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमका अनुसार पक्राउ परेका शम्भकुमार जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी सहायक हवल्दार हुन् ।

२८ कात्तिक साँझ मृत्यु संस्कार कार्यक्रममा सहभागी हुन पुगेका वडाध्यक्ष यादवमाथि उनी शम्भुकुमारले गोली प्रहार गरेको पीडित पक्षको दाबी छ । विवाद मिलाउन खोज्दा उनीमाथ नै गोली प्रहार भएको थियो ।

धनुषा जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा वडाध्यक्षलाई गोली हान्न प्रयोग भएको कटुवा पेस्तोल र गोलीको खोका समेत बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?