+
+
WC Series
जनकपुर बोल्ट्स 2025
113/5 (18.2)
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

संगठित ठगी कसुरका आरोपित मलेसियामा परे पक्राउ

पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–१ ठेगाना भएका आकाश प्रसाद कुशवाहा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १७:२३

१ मंसिर, काठमाडौं । ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–१ ठेगाना भएका आकाश प्रसाद कुशवाहा छन् ।

नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) क्वालालम्पुरको समन्वयमा मलेसियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न नेपाल फिर्ता ल्याइएको छ ।

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न इन्टरपोल महासचिवालयबाट २१ मंसिर २०८० मा रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहट पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?