+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/6 (20)
VS
७२ बलमा ६१ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
70/0 (7.6)
Shares

जेनजी आन्दोलनमा क्षतिग्रस्त थापाथलीको टाटा शोरुम पुन: सञ्चालनमा

जेनजी आन्दोलन क्रममा आगजनी तथा तोडफोडका कारण क्षति पुगेको टाटा शोरुम आजदेखि पुन: सञ्चालनमा आएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २३ र २४ भदौको जेनजी आन्दोलनमा क्षति पुगेको थापाथलीस्थित टाटा शोरुम ७० दिनमै पुन: सञ्चालनमा आएको छ।
  • आगजनीले ८ गाडी र शोरुमको ८० प्रतिशत संरचनामा क्षति पुर्‍याएको थियो भने ६ वटा इलेक्ट्रिक गाडी पूर्णरूपमा जलेका थिए।
  • सिप्रदी ट्रेडिङले नयाँ शोरुममा ग्राहक अनुकूल लाउन्ज र आधुनिक डिस्प्ले क्षेत्र राखेको छ र ग्राहकलाई आमन्त्रण गरेको छ।

१ मंसिर, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलन क्रममा क्षति पुगेको थापाथलीस्थित टाटा शोरुम पुन: सञ्चालनमा आएको छ ।

आगजनी तथा तोडफोडका कारण क्षति पुगेको शोरुम आजदेखि पुन: सञ्चालनमा आएको हो । आज शोरुममा रुद्री पूजा तथा होम गरेर उद्घाटन गरिएको छ ।

टाटा मोटर्सको फ्ल्यागसिप शोरुम ७० दिनमै पूर्णरूपमा पुन: सञ्चालनमा आएको हो । सिप्रदी ट्रेडिङ प्रालिको प्यासेन्जर भेहिकल डिभिजनका महाप्रबन्धक सावन्तजंग सिजापतिले जेनजी आन्दोलनका कारण क्षति पुगेको शोरुम ७० दिनमै पुनर्निर्माण गरेर पूर्ण सञ्चालनमा ल्याइएको बताए ।

बढी क्षति पुगेको अवस्थाबाट रेकर्ड समयमै शोरुम सञ्चालनमा ल्याउन सफल भएको सिजापतिले बताए । ‘हामीले ७० दिनमै शोरुम पुन: तयार बनायौं, आजदेखि फुल सेल्स अपरेसन सुरु भएको छ,’ उनले भने ।

आन्दोलनका कारण मुख्य शोरुम बन्द भए पनि सेवामा अवरोध नआओस् भनेर शोरुम पछाडिको सानो स्थानमा टेम्पोररी सेल्स सेटअप सञ्चालन गरिएको थियो । आगजनी तथा तोडफोडका कारण ८ गाडीमा पूर्णरूपमा क्षति पुगेको थियो भने शोरुमको ८० प्रतिशत संरचना नोक्सान भएको थियो ।

आगजनीका कारण शोरुममा रहेका ६ वटा इलेक्ट्रिक भेहिकल (ईभी) सहित ८ गाडी पूर्णरूपमा जलेर नष्ट भएको थियो । ‘अगाडि डिस्प्लेमा रहेका ६ वटा गाडी पूरै खरानी भए, दुइटा गाडी भ्यान्डलाइज्ड भए, संरचनाको करिब ८० प्रतिशत क्षति भयो,’ सिजापतिले भने ।

गाडी पूरै जले पनि ईभीका ब्याट्री नपड्किनुले ठूलो सन्देश दिएको उनको भनाइ छ । बजारमा ईभी गाडीको ‘ब्याट्री पड्किन्छ’ भन्ने भ्रम फैलिरहेको बेला आगजनीबाट ब्याट्रीमा केही नभएकाले त्यो भ्रम समाप्त भएको बताए ।

सिप्रदीका २२ वर्कसप तथा चार्जिङ नेटवर्क आन्दोलनपछि पनि सामान्य रूपमा चलिरहेको उनको भनाइ छ । हाल देशभरि ३८ वटा डीसी फास्ट चार्जर सञ्चालनमा छन् । माग अनुसार थप विस्तार गर्ने कम्पनीको योजना छ ।

सावन्तजंग सिजापति, महाप्रबन्धक, प्यासेन्जर भेहिकल डिभिजन, सिप्रदी ट्रेडिङ प्रालि

टाटाका ईभी मोडेलमा टियागो, पन्च, नेक्सन ईभी नेपालमा लोकप्रिय छन् । टाटा मोटर्सले निरन्तर नयाँ प्रडक्ट ल्याइरहेको र भारतमा २५ नोभेम्बरमा ‘टाटा सिएरा’ रिलन्च घोषणा हुन लागेको र चाँडै नेपाल ल्याइने उनले बताए ।

पुनर्निर्मित शोरुममा ग्राहक अनुकूल छुट्टाछुट्टै लाउन्ज, अधिक सुव्यवस्थित डिस्प्ले एरिया तथा आधुनिक सेटअप राखिएको कम्पनीको दाबी छ । शोरुमलाई पुरानाभन्दा अझै आधुनिक बनाइएको र यसले राम्रो अनुभव दिन डेडिकेटेड ग्राहक क्षेत्र बनाएको उनको भनाइ छ ।

शोरुम क्षतिग्रस्त भएको अवस्थामा पनि कम्पनीले एकदिन कर्मचारीलाई बिदा वा सुविधा कटौती नगरी निरन्तर काम गराएको सिजापति बताउँछन् ।

ग्राहकलाई दु:ख नहोस् भनेर दुई दिनमै टेम्पोररी शोरुम खोलेर सेवा प्रवाह गरिएको र त्यसले कर्मचारीलाई समेत समस्या नभएको बताए ।

सिप्रदी नेपालकै सबैभन्दा ठूलो मोटर नेटवर्कमध्ये एक हो । कम्पनीले पहिलो करदाताको पुरस्कार समेत पाएको इतिहास छ । ७० दिन टेम्पोररी शोरुममा आएर साथ दिएकामा सबै ग्राहकलाई कम्पनीले आभार व्यक्त गरेको छ । नयाँ शोरुम खुलेको र अझ राम्रो अनुभवका लागि ग्राहकलाई कम्पनीले आमन्त्रण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?